कागेश्वरी मनोहरा नगरपालिकाको चौंथो नगर सभा सम्पन्न

कागेश्वरी मनोहरा नगरपालिकाको चौंथो नगर सभा सम्पन्न

कपन अनलाइन

काठमाडौं, असार ११। कागेश्वरी  मनोहरा नगरपालिकाको चौथो नगर सभा सम्पन्न भएको छ। असार ७ गते बाट शुरु भएको नगर सभा असार १० गते बुधबार सम्पन्न भएको हो। नगरपालिकाको सभाहलमा सम्पन्न  भएको सो नगर सभाको अध्यक्षता नगर प्रमुख कृष्णहरि थापाले गरेका थिए। कार्यक्रममा उप प्रमुख बिन्दु पुडासैनी सिंखडा, नगर प्रवक्ता एबम वडा नं ५ का वडा अध्यक्ष राजाराम पुडासैनी, सम्पूर्ण वडाका वडा अध्यक्षहरु नगरसभा सदस्यहरु लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

उक्त नगर सभाले पारित गरेका बिषयहरु :

१) आर्थिक वर्ष  २०७७/७८मा पारित भएका नीति तथा कार्यक्रम साथै आर्थिक वर्ष २०७७/७८को कार्यक्रममा बिगतका नीति तथा कार्यक्रमलाइ निरन्तरता दिदै कोभिड १९को महामारीको कारणले सृजित नगरबासीमा परेका समस्या समाधानका लागि रोजगारी सिर्जना हुने गरि व्यवसायिक कृषि र कृषिमा संलग्न किसानका लागि निशुल्क, अन्नबाली बिमा, पशु बिमा कृषि औजार र मल बिउबिजनमा अनुदानको व्यवस्था सहित रोजगारीका लागि आवश्यक बजेटको व्यवस्था सहितको कार्यक्रम पारित गरेको नगर प्रवक्ता राजाराम पुडासैनीले कपन अनलाइनलाइ जानकारी गराए।

त्यस्तै

 २)  कोरोना प्रभाब नियन्त्रण र व्यवस्थापन र नगर भित्रका स्वास्थ्य संस्थालाई प्रभाबकारी संचालन र व्यवस्थापनका लागि आवश्यक बजेट व्यवस्था सहितको कार्यक्रम समेत पारित भएको छ भने

३)गुणस्तरीय शिक्षाका लागि आवश्यक भौतिक पूर्वाधार पाठ्यपुस्तक तालिमका साथै बिद्यार्थीका लागि दिवा खाजाको व्यवस्था सहितको नीतितथा कार्यक्रम पारित भएको पनि जानकारी गराए ।

४) आर्थिक वर्ष २०७७/७८का लागि आय तर्फ १ अर्ब सठ्सठी करोड पांच लाख उनान्सत्तरी हजार  व्यय तर्फ चालु खर्च रु ३८,३२,८८,ooo ,पुजीगत तर्फ १, २८ ७२ ८९,००० अनुमानित खर्च पारित भएको जानकारी गराए ।

त्यसैगरि

 ५) नेपालमा संबिधान २०७२को अनुसूची८ मा व्यवस्था भएको नगरपालिकालाइ संचालन गर्न आवश्यक पर्ने केहि ऐन, तेस्रो नगर सभा सम्म पारित भै कार्यन्वयनमा रहेका नगर शिक्षा ऐन लगायतका कह मौजुदा कार्यबिधिआ संशोधन सहित पारित भएको

६)आर्थिक वर्ष २०७१/७२  देखि २०७५/७६  सम्म नगरपालिकाले खर्च शिर्षकमा लेखा परिक्षण बाट देखिएका नियमित गर्नुपर्ने बेरुजु रकम फरफारक र आर्थिक नीतिमा सुधार गर्नु पर्ने बिषयका सम्बन्धमा लेखा समिति बाट पारित र कागेश्वरी नगरपालिका न्यायिक समितिले सभामा पेश गरेको बार्षिक प्रतिबेदन समेत पारित भएको बताए ।

त्यस्तै

७) आर्थिक वर्ष २०७७/७८ को आर्थिक बिधेयक पारित भएको जसमा

कोरोना प्रभाब नियन्त्रणका लागि नेपाल सरकारले गरेको पूर्ण बन्दाबन्दीका कारणले नगर भित्र संचालनमा रहेको उद्योग व्यवसायको समस्यालाइ सम्बोधन हुनेगरि सेवा शुल्क तथा राजश्वको बक्यौतामा जरिवाना छुट ।घर जग्गा बहाल करमा ५० प्रतिसत छुट ।घर जग्गा कर मालपोत बक्यौता रकम २०७७ पौष मसान्त सम्म बुझाउन आएमा जरिवाना छुट ।कुनै पनि बस्तु सेवामा मालपोत रजिस्ट्रेसन मूल्यांकन दस्तुर चालु आर्थिक वर्ष कै यथावत कायम गरिएको पनि बताए ।

 

तपाइँको प्रतिक्रिया ।