हरेक योजनाहरूमा सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्छ: प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे (गोकर्णेश्वर नगरपालिका)

हरेक योजनाहरूमा सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्छ: प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरे (गोकर्णेश्वर नगरपालिका)

कपन अनलाइन

काठमाडौं,असार ११ । गोकर्णेश्वर नगरपालिकाको पाँचौ नगर सभा बुधबार बाट शुरु भएको छ। गोकर्णेश्वर  नगरपालिकाका प्रमुख सन्तोष चालिसेको अध्यक्षतामा  जोरपाटी स्थित पिस  ब्यांकेटमा भएको नगर सभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो।

कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नरहरी घिमिरेले  स्वागत मन्तब्य राख्दै नेपाल एकात्मक संरचनाबाट संघीय संरचनामा प्रवेश गरेसँगै हाल गरिरहेको अभ्यास संबिधानले परिकल्पना गरेको संघिय लोकतान्त्रिक गणतन्त्रामक शासन व्यवस्था भएको बताए। उनले भने,   ‘हाम्रा बिर शहीदहरु र हाम्रा राजनीतिज्ञहरुले गरेका अमुल्य बलिदान र  संघर्ष बाट प्राप्त भएको अवसरलाइ  हाम्रो गाउ नगर स्तर बाट प्रजातान्त्रिक लोकतान्त्रिक अभ्यास गराउन पाएको हो ।

सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्थाको माध्यमद्वारा दिगो शान्ति, विकास, सुशासन र समृद्धि प्राप्तिको आधार स्तम्भको रूपमा रहने कुरा संविधानको प्रस्तावनाले मै उल्लेख गरेको बताए। उनले  यो अवसरलाइ उपयोग गर्दै लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था ,संघिय शासन व्यवस्थामा स्थानीय सरकार बाट आफ्ना विकास निर्माणका कामहरु ,आफ्ना आवश्यकताहरु आफैले पहिचान गरेर त्यसलाई नीति कार्यक्रम योजनाहरुमा क्रमश समेट्दै जाने ,  त्यसलाई स्थानीय आवश्यकता अनुसार कार्यन्वयन गर्दै जाने र सिकाइ बाट नया नया कुराहरु ल्याउदै गर्दा आफ्नो बस्ति, पालिका लगायत आफ्नो स्थनीयस्तरको विकास आफैले गर्ने हुँदा आफ्ना समस्याहरु आफै समाधान गर्ने अत्यन्तै प्रजातान्त्रिक बिधि सहभागितात्मक लोकतान्त्रिक पद्दतिको अभ्यासको लागि सो पद्दति अंगालेको बताए।

हरेक योजनाहरूमा सरोकारवालाहरूको अर्थपूर्ण सहभागिता हुनुपर्छ जसले गर्दा सहभागी सबैले अपनत्व महसुस गरी श्रोत व्यवस्थापन र योजना कार्यान्वयनमा सहजता हुने हुँदा नगरपालिकाले  त्यसमा ध्यान दिदै बस्ति बस्ति बाट बिभिन्न चरणमा बिभिन्न कार्यक्रम छलफल गरि योजना संकलन गरिएको जानकारी गराए  ।उनले त्यी योजनालाइ पहिचान गरि प्राथमिकताका आधारमा योजना समाबेश गरिएको बताए ।त्यस प्रक्रियामा आधारमा नीति कार्यक्रम बजेट योजना निर्माणको काम वडा स्तरमा बस्ति स्तर सम्म बिभिन्न चरणमा बजेटका सिलिंगहरु योजनाका मागहरु लगेर गाउ गाउ बाट त्यसको आवश्यकता पहिचानका आधारमा स्थानीय समस्या समाधान गर्ने गरि अगाडी बढाउनु पर्छ त्यसैको निरन्तरता भएको आफुलाई लागेको बताए।

उनले आफु सो नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतको रुपमा आएको छोटो समयमा नै नगर सभा गर्न पाएको र त्यसको लागि सल्लाह सुझाब प्रदान गरि  सहयोग गर्ने सबैलाई धन्यवाद दिएका थिए । उनले नगरपालिकाको नीति कार्यक्रम योजना तथा बजेट तर्जुमा सम्बन्धमा बिभिन्न समयमा बिभिन्न कार्यक्रम गरेर सल्लाह सुझाब राय लिने प्रयास गरेको स्मरण गर्दै राय सल्लाह सुझाब दिने सबै जनालाइ धन्यबाद दिएका थिए ।

उनले नीति  तथा कार्यक्रममा बिभिन्न ऐनहरुमा आर्थिक ऐन बिनियोजन ऐन करका बिषयहरु लगायतको बिषयहरुमा गहन छलफल हुने बताए।उनले आगामी दिनमा पनि नगरपालिकाको समग्र विकासका लागि सबैको अमुल्य सुझाब राय सल्लाह प्राप्तनै हुनेछ भन्ने बिश्वास ब्यक्त गर्दै कार्यक्रम सफलताको शुभकामना ब्यक्त गरेका थिए ।

फोटो : सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।