शंखरापुर नगरपालिकाको पाँचौ नगर सभा शुरु

शंखरापुर नगरपालिकाको पाँचौ नगर सभा शुरु

कपन अनलाइन

काठमाडौँ, असार ११। शंखरापुर नगरपालिकाको पाँचौ नगर सभा  बुधबार बाट शुरु भएको छ।शंखरापुर नगरपालिकाका प्रमुख सुवर्ण श्रेष्ठको अध्यक्षतामा भक्ति बेम्बो कटेज साँखुमा  भएको नगर सभामा आर्थिक वर्ष २०७७/७८ को नीति तथा कार्यक्रम र बजेट प्रस्तुत गरिएको थियो।

कार्यक्रममा शंखरापुर नगरपालिकाकी उप प्रमुख शुक्रलक्ष्मी श्रेष्ठ,  प्रमुख प्रशासकीय अधिकृत भोजराज खतिवडा,  इलाका  प्रशासन कार्यलय साँखुका प्रमुख उमाकान्त आचार्य,नेकपा, शंखरापुर् नगर कमिटि अध्यक्ष  निरज केसी, नेपाली कांग्रेस शंखरापुर नगरपालिका नगर सभापति राजुभाई मानन्धर,राप्रपा शंखरापुर नगर अध्यक्ष गोबिन्द प्रसाद श्रेष्ठ, महानगरीय प्रहरी प्रभाग साँखुका कार्यलय प्रमुख प्रहरी निरीक्षक गोबिन्द पन्थी,नगर प्रवक्ता हितमान तामाङ,लगायत सम्पूर्ण वडाका वडा अध्यक्षहरु नगर सभा सदस्यहरु लगायत  कर्मचारीहरुको सहभागिता रहेको थियो। कार्यक्रम संचालन कर्मचारी सुबोध थापाले गरेका थिए।

राष्ट्रिय गान संगै शुरु भएको कार्यक्रममा  नगर प्रमुख सुवर्ण श्रेष्ठले पानसमा दिप प्रज्वलन गरि उद्घाटन गरेका थिए।कार्यक्रममा स्वागत मन्तब्य राख्दै उप प्रमुख शुक्र लक्ष्मी श्रेष्ठले बिगत ३ बर्ष देखि शंखरापुर नगर लाई समृद्ध बनाउन अहोरात्र खटिरहेको जानकारी गराउदै उक्त खटाइको  परिणाम बिस्तारै  देखिन थालेको बताइन । उनले शंखरापुर नगरपालिकाको ६ र ७ वडालाइ समेटेको साँखु बजार क्षेत्रलाई सम्पदा शहरको रुपमा बिकास गर्ने अभियानले मुर्त रुप लिन लागेको बताउदै उक्त कामको लागि राष्ट्रिय  पुन निर्माण प्राधिकरणले झन्डै ४० करोड बजेट आगामी आर्थिक बर्षको लागि बिनियोजन गरेको उनले जानकारी गराइन। कृषि उत्पादनमा जोड दिई कुनै पनि खेत बाझो राख्न नदिने नीति नगरपालिकाले लिएको बाताउदै बिदेश बाट फर्कनेहरुलाइ समेत उनीहरुको शिप अनुसार काम दिने प्रयत्न नगरपालिकाले गरि रहेको उप प्रमुख श्रेष्ठले जानकारी  गराइन ।

 कार्यक्रममा बोल्दै नगर प्रमुख सुवर्ण श्रेष्ठले कोरोना महामारीका कारण यस आर्थिक बर्षमा बिकास निर्माणका काम सोचे अनुसारको गर्न नसकिएको बताउदै आगामी आर्थिक बर्षमा बाकी काम लाई तिब्रता दिने बताए ।पर्यटन कृषि संग संगै कोरोना भाइरस विरुद्ध लड्न  स्वास्थ्यलाई पनि प्राथमिकता दिई निति तथा कार्यक्रम बनाएको बताउदै श्रेष्ठले मेयर संग उज्यालो कार्यक्रम, उप मेयर सुत्केरी स्वास्थ्य सेवा कार्यक्रम, सुरक्षा निकायको समन्वयमा सुरक्षित शंखरापुर र साँकृतिक ग्राम जस्ता कार्यक्रमहरु समाबेश गरिएको बताए ।

कोरोना भाइरस रोकथामको अभियानलाई शंखरापुर नगरपालिकाले सफलता पुर्बक संचालन गरेको बताउदै हाल सम्म नगरपालिका भित्र कोरोना संक्रमित नभएको जानकारी दिदै नगरपालिकाले लिएको रणनीति बारे जानकारी गराएका थिए ।कोरोनाको कारण नै नगरपालिकाको आयस्रोतमा कमि भएकोले बजेटमा कटौती गरे पनि करिब १ अर्बको बजेट बनाउनुपर्ने  बाध्यता रहेको बताउदै आगामी आर्थिक बर्षमा पनि ८२ करोड ४० लाख मात्र आम्दानी हुने प्रक्षेपण गरे पनि करिब १ अर्बको खर्च हुने बताए। उनले नपुग रकम संघीय सरकार, प्रदेश सरकार र पुन निर्माण प्राधिकरण संग समन्वयन गरि परि पुर्ती गर्ने नगरप्रमुख  श्रेष्ठले बताए।

कार्यक्रममा राप्रपा बाट निर्बाचित वडा न ७ का वडा अध्यक्ष बिष्णु प्रसाद श्रेष्ठले परिषद कुनै पक्ष विपक्ष को रुपमा नभइ सबैको सहभागिता र सर सल्लाहमा नीति तथा कार्यक्रम र बजेट आएकोले यसलाई सकारात्मक रुपमा लिएको बताए ।नगर प्रमुखले  दलहरू बाट प्राप्त सल्लाह सुझाब समेटेको हुँदा  राम्रो नीति तथा कार्यक्रम आएको बताउदै वडा अध्यक्ष श्रेष्ठले बर्तमान विषम परिस्थितिमा बजेट कार्यान्वयन चुनौती पुर्ण रहेको अबस्थामा सबै मिलेर अघि बढ्ने ।कार्यक्रममा नेकपाले  नेतृत्व गरेको  शंखरापुर नगरपालिकाको नीति तथा कार्यक्रम र सोही अनुसार बजेट आएकोले यसले समग्र नगरको बिकासमा टेवा पुग्ने नेकपा शंखरापुर नगर कमितिका अध्यक्ष निरज के सि ले बताए ।

शंखरापुर नगरलाई सास्कृतिक नगरको रुपमा बिकास गर्न प्रयाप्त बजेट ब्यबस्था गरेको बताउदै जनताको चाहना बमोजिम निति तथा कार्यक्रम आएको अध्यक्ष के सि को भनाइ थियो  ।त्यस्तै कार्यक्रममा बोल्दै नेपाली कांग्रेस शंखरापुर नगरपालिका नगर सभापति राजुभाई मानन्धरलेअन्य नगरपालिकाहरुमा प्रतिपक्षले बिरोधका कार्यक्रम संचालन गरि रहेको स्मरण गराउदै शंखरापुर नगरपालिकामा सबै दलको भावना समेट्ने  गरि नीति तथा कार्यक्रम आएको बताए । हरेक विषयमा दल र तिनका प्रतिनिधी संग सल्लाह गरेर नगरपालिका अघि बढेको र कहि कतै कमि कमजोरी भए प्रतिपक्षको नाताले गल्ती औल्याउँदै सुधार्ने काम आफुहरुले गरेको उनले बताए ।

कोरोनाले अस्त ब्यस्त समयमा बिदेश बाट आउने को उचित ब्यबस्थापन गरि उनिहरुको शिपको सदुपयोग गर्नु पर्ने उनको जोड रहेको थियो । त्यस्तैरा.प्र.पा नगर कमिटीका अध्यक्ष गोबिन्द प्रसाद श्रेष्ठले बजेट कागजमा मात्र सिमित नहोस भन्दै  हिजोको दिनमा पनि यति बजेट आउँछ उत्ति बजेट आउँछ भने पनि व्यबहारमा नआएको बताउदै यसमा सचेत हुनु पर्ने  बताए ।कोरोना संक्रमणको संख्यामा वृद्धि भैरहेता पनि बिदेश बाट आउने हरुलाइ सुरक्षित तरिकाले ब्यबस्थापन गर्नु पर्ने बताउदै उत्पादन संग उनी हरुलाइ जोडनु पर्ने बताए।

 त्यस्तै इलाका प्रशासन कार्यालय साखुका प्रमुख उमाकान्त आचार्य   र संघ संस्थाका का तर्फ बाट बुद्ध भक्त चित्रकारले नीति तथा कार्यक्रम र बजेट सकारात्मक रहेको बताउदै सफलताको शुभकामना दिएका थिए। शंखरापुर नगरपालिकाको आर्थिक वर्ष २०७७_०७८ को लागि विनियोजित रकम रु ९९ करोड ८८ लाख ५६ हजार रहेको छ ।नगर सभाको उद्घाटन सत्र सकिए पनि छनौट भएका योजना, बजेट सिलिङ लगायतका विषयमा भने केही दिन अध्ययन समय छुट्याइएको छ । त्यस पश्चात बजेट शिर्षक तथा विस्तृत योजनाहरु सार्वजनिक गरिने नगरपालिकाको कार्यालयले जनाएको छ ।

फोटो :सरोज बस्नेत

तपाइँको प्रतिक्रिया ।