काठमाडौं-४ का अध्यक्ष मोहन विस्ट भन्छन “वरिष्ठ जेष्ठ नागरिक भत्ताको विषयमा चरित्र हत्या गर्ने प्रयास गरियो “

काठमाडौं-४ का अध्यक्ष मोहन विस्ट भन्छन “वरिष्ठ जेष्ठ नागरिक भत्ताको विषयमा चरित्र हत्या गर्ने प्रयास  गरियो “

कपन अनलाइन 

काठमाडौं,  असार १०।

काठमाडौं महानगरपालिका वडा नं ४ मा अहिले वरिष्ठ जेष्ठ नागरिक भत्ताको विषयले निकै चर्चा पाइरहेको छ।असार ८ गते  वरिष्ठ जेष्ठ नागरिक भत्ता लिन आएका दुई युवाले वडा अध्यक्ष मोहन विस्ट सहित जनप्रतिनिधि, सेवाग्राही र सामाजिक महिला परिचालिकामाथि हातपात गरे पछी उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो।

सो दिन  काठमाडौं महानगरपालिका वडा नं  ४ का सुमन लिम्बु र सुरज गुरुङ गत सोमबार ९६ वर्षिया हजुरआमा चिजमाया लिम्बुको वरिष्ठ जेष्ठ नागरिक भत्ता लिन वडा कार्यालयमा आएका थिए ।

वडा कार्यालयको श्रेस्तामा १७ नम्बरमा रहेको चिजमायाको नाममा  भत्ता लिएको संकेत चिन्ह  लागेको भेटिए पछी पछि विवाद सुरु भएर हातपातको अवस्था संग पुगेको थियो।

 घटना वारे के भन्छन वडा नं ४ का अध्यक्ष मोहन विस्ट ?

काठमाडौं महानगरपालिका वडा नं ४ का अध्यक्ष मोहन बहादुर विस्टले जेष्ठ नागरिकले हस्ताक्षर गर्दा त्रुटि हुन् पुगेको विषयमा भएको  हातपात राजनीतिक पूर्वाग्रहले गरिएको बताएका छन।

‘भत्ता लिए नलिएको वा मिस्टेक के भएको हो हेरेर भत्ता उपलब्ध गराउँछौं भन्दा भन्दै उहाँहरु तोडफोडमा उत्रनुभयो,’ वडाअध्यक्ष मोहन विष्टले भने, ‘पछि जाँच गर्दा १८ नम्बरमा रहको व्यक्तिले १७ नम्बमा हस्ताक्षर गरेको रहेछ ।’

जेष्ठ नागरिकले हस्ताक्षर गर्दा त्रुटि हुन पुगेको स्वीकार्दै उनले भत्ता लिन जेष्ठ नागरिक आफैं आउनु पर्ने र  नसक्ने जेष्ठ नागरिकको भत्ता घरघरमा पुर्याउने  गरेको  भन्दै १८ नम्बरमा रहेका व्यक्तिले भत्ता बुझलिएको हस्ताक्षर गर्दा १७ नम्बरमा गरेकाले समस्या भआएको बताएका छन ।

‘परिवारका अन्य सदस्यलाई दिँदा जेष्ठ नागरिकले नपाउने भएकाले हामीले सम्बन्धित व्यक्तिलाई नै दिने गरेको भन्दै अध्यक्ष विस्टले राजनीतिक पूर्वाग्रह राखेर ति युवाहरु प्रस्तुत भएको आरोप लगाएका छन।

‘म तत्कालिन एमालेबाट वडाध्यक्षमा वियजी भएको हुँ,’ उनले भने, ‘म सँग पराजित कांग्रेसका उम्मेदवार अनिसराम भट्टराइको आडमा उहाँहरु म विरुद्ध उत्रनु भएको हो ।’

आफुलाई हातपात गर्ने सुमन गत निर्वाचनमा  वडा नम्बर ४ को नेपाली कांग्रेसबाट पञ्चकन्या बुथका संयोजक रहेको बताउदै अध्यक्ष विस्टले   घटना भएको भोलिपल्ट ति युवाहरुले चिजमाया लिम्बुलाई  वडा कार्यालयमा हस्ताक्षर रुजुका लागि ल्याएको जानकारी दिए। अध्यक्ष विस्टले    चिजमायाले हस्ताक्षर नगरेको पुष्टि भएपछि भत्ता दिन खोज्दा नलिइ गएर आफ्नो चरित्र हत्या गर्दै हिडेको बताएका छन ।

सो दिन  भत्ता नलिएको भन्दै सुमन र सरोजले  जनप्रतिनिधि, सेवाग्राही र  सामाजिक महिला परिचालिका माथि पनि हातपात गरेको एक  सामाजिक परिचालिकाले बताइन् ।

महानगरले वरिष्ठ जेष्ठ नागरिकलाई मासिक ३ हजारबाहेक वर्षमा १२ हजार अर्को भत्ता उपलब्ध गराउने गरेको छ । पुरुष ८० र महिला ७५ वर्ष पुगेकालाई यो भत्ता दिइने गरिएको छ ।

वरिष्ठ जेष्ठ नागरिक भत्ताको विषयमा भएको हातपात पछी सुमन लिम्बु र सुरज गुरुङ प्रहरी हिरासतमा रहेका छन भने वडा नं ४ का अध्यक्ष मोहन विस्ट ,सदस्य दिनेश महर्जन र धुर्व त्रिपाठी विरुद्ध  किर्ते मुद्दाको जाहेरी दिइएको छ।

हातपात गर्ने युवाहरु  पटक पटक पक्राउ पर्दै छुट्दै आएका थिए भने  एक जना लकडाउनको समयमा नक्कली पुलिस बनेर डकैती गरेको अभियोगमा पक्राउ परेका व्यक्ति हुन् ।

 

तपाइँको प्रतिक्रिया ।