नेपाली कांग्रेस जनसम्पर्क समिति क्यानडाको समस्याका वारेमा छलफल
कपन अनलाइन
काठमाडौं ,असार ८।
नेपाली कांग्रेस जनसम्पर्क समिति क्यानडामा देखिएको समस्याका वारेमा भर्चुअल छलफल गरिएको छ। नेपाली कांग्रेस जनसम्पर्क समिति क्यानडाका पुर्व महामन्त्री निरन्जन थापाको आयोजनामा भएको सो छलफलमा जनसम्पर्क समितिको निस्कृयता तथा अलमलका वारेमा विमर्श गरिएको थियो।
जनसम्पर्क समितिका गतिविधि र क्रियाकलापहरुलाई प्रभावकारी बनाउनका लागि आयोजना गरिएको सो छलफलमा नेपाली कांग्रेसका संसदीय दलका सचेतक बालकृष्ण खांड ,गिरिजा प्रसाद कोइराला फाउन्डेसन क्यानडाका सभापति तुलसी पौडेल लागायतको सहभागिता रहेको थियो।
नेपाल तरुण दल काठमाडौं क्षेत्र नं २ का सदस्य दिपेन्द्र पोखरेलले सहजिरकरण गरेको सो छलफलमा नेपाली कांग्रेसका नेता खांडले जनसम्पर्क समितिका देखिएको अलमलका वारेमा जानकारी गराएकोमा आयोजकलाई धन्यवाद दिदै यस विषयमा पार्टी भित्र छलफल गरेर समाधान खोज्ने आस्वासन दिएका थिए।
अहिले संसार कोरोना प्रकोपका विरुद्धमा लडिरहेको बताउदै नेता खांडले यसमा सबै एकजुट भएर लाग्नुपर्नेमा जोड दिएका थिए।उनले पार्टीको गतिविधि र क्रियाकलापहरुमा सबै जना मिलेर लाग्नु भन्दै क्यानडाको समस्या समाधानमा आयोजकले देखाएको चासो अर्थपूर्ण भएको धारणा राखेका थिए।
सो छलफलमा सहभागीहरुलाई धन्यवाद दिदै आयोजक निरन्जन थापाले जनसम्पर्क समिति क्यानडाको गतिशिलता र क्रियाशीलताका लागि आयोजना गरिएको छलफल सार्थक भएको धारणा राखेका थिए।
नेपाली जनसम्पर्क समिति(NPRC)का सभापति राम थापा, नेपाली जनसम्पर्क समिति(NPCC)का सभापति सुरेन्द्र खड्का, jजीपी कोइराला फाउन्डेसनका उपसभापती ज्ञान गौतम र NPRCkaa उपसभापति उदय दुराज्यु हरुले एकै स्वोरमा, त्यँहा रहेका बिवादका बारेमा चर्चा गर्दै बिगत्मा भयका त्रुटिहरुलाइ सछौदै छिटो भन्दा छिटो नेपाली काङ्रेसले क्यानडामा रहेको बिवादको अन्त्य गरी सम्पूर्ण लोकतन्त्रबादिहरुको भावनालाइ सम्भोदन गरी दिनु हुन नेपाली काङ्रेसका सम्सदिय दलका प्रमुख सचेतक तथा नेपाली काङ्रेसका प्रभावशाली नेता माननिय बाल क्रिष्ण खाँडज्यु माझ जुम सम्बाद मार्फत अनुरोध गरेका थिए।