तिमी बढ एक कदम … (कविता)
कपन अनलाइन
काठमाडौं असार ५ /मीना ढकाल
तिमी बढ एक कदम , म बढ्नेछु दस कदम ..२
भनी रहनथ्यौ सदै तिमीले प्रभाव छिनमै परिकन ..२
छल्लिदै हिड्थे तिम्रा सामु , पछि पछि आयौ किन …२
ढुङ्गा जस्तो तिम्रो मुटु , ओठमा हाशो ल्यायौ किन ..२
देखाइ रहनथ्यौ समस्यानि , अस्थायी सृजना गरि ..२
हासी रहन्थे तिम्रा सामु , दु:ख कहिले नपरे सरि ..२
नकाटहै मेरो कुरा , भाग्यका ती तिम्रा रेखा …२
घट्दै जालान हत्केलामा ,फेरि यादमा आयौ किन …२
तिमी सङ मोह थियो , म संघ त भाब थियो …२
साचो सबै लुकाइ गयौं , फ़ेरि यादमा आयौ किन..२
तिमिले लेख्यौ मेरो नाम , बालुवामा मेट्ने गरि ..२
मैले लेखे तिम्रो नाम, शिलान्यास मै रहने सरि …२
टुटेको थियो त्यो सम्बन्ध ,फेरि यदमा आयौ किन …२
ढुङ्गा जस्तो तिम्रो मुटु , ओठमा हाशो ल्यायौ किन …२
तपाइँको प्रतिक्रिया ।