बुढानिलकण्ठ नगरपालिकालाई संस्थागत विद्यालयहरुको ज्ञापनपत्र

बुढानिलकण्ठ नगरपालिकालाई संस्थागत विद्यालयहरुको ज्ञापनपत्र

कपन अनलाइन

काठमाडौं ,असार ५।

बुढानिलकण्ठ नगरपालिकामा संचालित संस्थागत विद्यालयहरुको सहयोगका लागि गठन भएको संस्थागत विद्यालय विपत् व्यवस्थापन समन्वय समिती बूढानीलकण्ठले नगरपालिकामा ज्ञापन पत्र बुझाएको छ।

उक्त समितिको प्रतिनिधि मण्डलले  असार ४ गते  बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव प्रसाद खरेललाई ज्ञापनपत्र बुझाउदै समितिले कोभिड -१९ का कारण समस्यमामा परेका नगरपालिकाका संस्थागत विद्यालयहरुका लागि पनि आगामी बजेटमा विशेष सहयोग र कार्यक्रम राख्नुपर्ने लगायतका माग राखेका थिए।

ज्ञापन पत्र बुझ्दै नगर प्रमुख खरेललेसमितिको सुझावलाई  अत्यन्तै सकारात्मक रूपमा लिँदै आफू सदैव बूढानीलकण्ठ नगरपालिकाको शिक्षाको विकासमा  निजी र सरकारी विद्यालय भनेर छुट्याएर हेर्न नचाहेको बताएका थिए । उनले छिट्टै सरोकारवालाहरूसँग छलफल गरि नगरपालिकाको शिक्षाको विकासको लागि ठोस नीति निर्माण गरिने समेत सो अवसरमा  जानकारी दिएका थिए।

समितिको ज्ञापन पत्र :

 

तपाइँको प्रतिक्रिया ।