कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धि पूर्व अभ्यास (डेमो ) प्रदर्शन गरिने

कागेश्वरी मनोहरा नगरपालिकामा कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धि  पूर्व अभ्यास (डेमो ) प्रदर्शन गरिने

कपन अनलाइन

काठमाडौं असार ५ । कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका बैठक को निर्णय अनुसार नगरपालिकामा कोरोनाको असरबाट कोहि कसैको मृत्यु भएमा मृतकको शव व्यवस्थापन लागि अपनाइने प्रक्रियाको डेमो प्रदर्शनी गरिने भएको छ। महानगरीय प्रहरी प्रभाग थली र नेपाली सेनाको सहयोगमा  विश्वव्यापी महामारी रुपमा फैलिएको नोभेल कोरोना भाइरस (कोभिड १९) संक्रमितको शव व्यवस्थापन सम्बन्धमा पुर्व अभ्यास प्रदर्शन गरिने भएको हो  । कोरोना महामारी फैलिएपछि हुने सम्भावित जोखिमलाई मध्यनजर गर्दै कोरोना संक्रमितको निधन भएको अबस्थामा उनीहरुको सब ब्यबस्थापन सम्बन्धि डेमो आज कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ थली स्थित कान्ति भैरब माविको चौरमा बिहान ११ बजे देखि १ बजे   प्रदर्शन गरिने नगरप्रमुख कृष्णहरि थापाले  जानकारी गराए ।

खुल्ला चौरमा  गरिने  सो प्रस्तुतीमा पेइसेन्ट रिसिभिङ्ग टीम(पीआरटी)ले शंकास्पद संक्रमितलाई भेट्दा, संक्रमित मृतकको शरीर व्यवस्थापन, एम्बुलेन्स तथा सवारी साधनलाई डिसइन्फेक्ट गर्ने, यस कार्यमा खटिने सुरक्षाकर्मी, स्वास्थ्यकर्मीले अपनाउने व्यक्तिगत सुरक्षामा केन्द्रित रहेर अभ्यास  गरिने भएको छ ।

डेमोमा संभावित संक्रमित र संक्रमणबाट मृत्यु भएका व्यक्तिको तथ्याङ्क, मुचुल्का, परिवारको सहमति, परिवारको सदस्यलाई शान्तवना, दाहसंस्कार गर्नु अघि शब उठाउँदा र संस्कारका बेला अपनाउनु पर्ने सावधानी, मृतक बसेको स्थान(घर)को डिसइन्फेक्ट लगायतको कुरा समिटिने भएको छ ।  वास्तविक परिस्थितिमा सुरक्षा निकायबीच गरिने काममा एकरुपता ल्याउन मद्दत पुग्ने उद्देश्यले पूर्व अभ्यास प्रदर्शन  गर्न लागिएको महानगरीय प्रहरी प्रभाग थलीका कार्यलय प्रमुख प्रहरी नायब निरीक्षक  रामेश्वर खड्काले बताए।  कान्ति भैरब माबी थली चौरमा नेपाली सेना बाट हुने कार्यक्रममा  सरोकार राख्ने ब्यक्तिहरुलाई उपस्थित हुनको लागि पनि नगरपालिकाले  अनुरोध  गरेको छ ।

फोटो :(सामाजिक संजाल )

तपाइँको प्रतिक्रिया ।