कागेश्वरी मनोहरा ५ मा बर्षादको पानी व्यवस्थापन गर्न बनाएको ढलमा सेप्टिक ट्यांक मिसाएमा जरिवाना गरिने :वडा अध्यक्ष राजाराम पुडासैनी
कपन अनलाइन
काठमाडौं असार ५ ।कागेश्वरी मनोहरा नगरपालिका वडा नं ५ ले सार्वजनिक सुचना जारी गरेको छ। वडा अध्यक्ष राजाराम पुडासैनी द्वारा हस्ताक्षरित उक्त सुचनामा वडा नं ५ भित्र बिभिन्न घरमा प्रयोगमा आएको पानी तथा बर्षादमा परेको पानी व्यवस्थापनका लागि निर्माण भएको ढलमा बिभिन्न ब्यक्तिहरुले आफ्नो घरको सेप्टीक ट्यांक बाट मल मुत्र समेत हालेको भन्ने जानकारी प्राप्त हुन आएको हुँदा त्यसरी कसैले हालेको सम्बन्धित मंगल खोलि हेर्दा सेप्टिक ट्यांक मिसाएको प्रमाणित भएमा पहिलो पल्ट रु २० हजार दोस्रो पल्ट ३० हजार र अन्तिम पल्ट ५० हजार जरिवाना गर्ने र जरिवानाको रकम उजुरी गर्नेलाई पुरस्कार स्वरुप ३० प्रतिशत रकम उपलब्ध गराइने र उजुरीकर्ताको नाम गोप्य राखिने हुँदा सम्बन्धित सबैलाई सार्वजनिक सुचना मार्फत जानकारी गराएको छ ।
वडाको सार्वजनिक सुचना
तपाइँको प्रतिक्रिया ।