कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका बैठकबाट भएका निर्णयहरु

कागेश्वरी मनोहरा नगरपालिकाको कार्यपालिका बैठकबाट भएका निर्णयहरु

कपन अनलाइन

काठमाडौं असार ५ ।कागेश्वरी मनोहरा नगरपालिकाको असार ३ गते नगर प्रमुख कृष्णहरि थापाको अध्यक्षतामा कार्यपालिका बैठक सम्पन्न्न भएको छ। सामाजिक दुरी कायम गरि  गरिएको उक्त बैठक बाट नगरपालिकाको मिति २०७७ असार ७ गते बस्ने चौथो नगर सभामा पेश हुने आर्थिक बर्ष २०७७/७८को आर्थिक ऐन बिनियोजन ऐन र नीतिगत प्रस्ताबलाइ नगर सभामा लैजाने निर्णय गरिएको नगर प्रवक्ता राजाराम पुडासैनीले कपन अनलाइनलाइ बताए।

साथै उनले नगरपालिकामा अस्थाई वा स्थाई बसोबास भएका ब्यक्तिहरु विभिन्न् कामले देशका बिभिन्न जिल्ला वा देश बाहिर रहेको अवस्थामा निजहरु फर्की आउन चाहेको अवस्थामा अर्काको घर डेरा भाडामा बसेको भए सो घरको घरबेटीको मन्जुरी सहित वडामा निबेदन दिने ,आफ्नो घर भएको हकमा निजको परिवारको सदस्यले निबेदन दिने, वडामा पर्न आएको निबेदन अनुसार वडामा रहेका जनप्रतिनिधिले निजको बस्ने स्थान सुरक्षित छ कि छैन एकिन गरि होम क्वारेन्टाइनमा बस्ने सुबिधा भए होम क्वारेन्टाइनमा राख्न सकिने निर्णय गरेको पनि बताए। उनले तत्काल RDT वा PCR टेष्ट गर्नु पर्ने ब्यक्ति भएमा  वडाको सिफारिसमा नगर अस्पतालबाट निश्चित संख्यामा गराउने र प्रत्येक हप्ताको सोमबार र शुक्रबार आवश्यकता अनुसार प्रत्येक दिन स्वाब लिने निर्णय भएको समेत बताए ।

त्यस्तै उनले नगरपालिकाको क्वारेन्टाइनको व्यवस्था गरेको आलापोट स्वास्थ्य चौकीमा फोकल पर्सन वडा अध्यक्ष सुधर्शन धिमाल ,व्यंजन पार्टी प्यालेस,थलीमा वडा अध्यक्ष राजाराम पुडासैनी र मुलपानी नगर अस्पतालमा वडा अध्यक्ष प्रकाश फुयाल ,त्यसैगरि वडा नं ९ मा कुन्दन खड्का तोकिएको जानकारी गराए ।उनले कोरोनाको असरबाट कोहि कसैको मृत्यु भएमा मृतकको शव व्यवस्थापन लागि अपनाइने प्रक्रियाको डेमो मिति २०७७ साल असार ५ गते बिहान ११ बजे देखि  १ बजे सम्म कान्ति भैरब माबी थली चौरमा नेपाली सेना बाट हुने भएकोले सरोकार राख्ने ब्यक्तिहरुलाई उपस्थित हुनको लागि पनि  अनुरोध गर्ने निर्णय भएको समेत बताए ।

तपाइँको प्रतिक्रिया ।