गोकर्णमा नयाँ नक्साको समर्थन र सरकार बिरुद्ध खबरदारी
कपन अनलाइन
काठमाडौं असार ५। गोकर्णेश्वर नगरपालिका वडा नं ४ स्थित गोकर्णेश्वर महादेव मन्दिर परिसरमा कालापानी, लिम्पीयाधुरी र लिपुलेक समेटिएको नयाँ नक्साको जारी गरेको खुसीयालीमा दिपावली गरिनुको साथै सरकारले कोरोना नियन्त्रणमा गरेका लापरवाही बिरुद्ध बिहिबार शान्तिपूर्ण रुपमा खबरदारी गरिएको छ ।
स्वतस्फुर्त रुपमा जम्मा भएका युवाहरुले जारी गरिएको नक्साको खुशियालीमा दिप प्रज्जवलन गरेका थिए भने प्ले कार्डमा सरकारको खबरदारी गरेका थिए।
उक्त कार्यक्रममा गोकर्णेश्वर तथा आसपासका युवाहरुले विभिन्न नारा तथा आवाज बोकेर सरकारको विरोध गरेका थिए भने नेपालको नक्शा बनाएर सम्मान सहित खुसियाली प्रकट गरेका थिए।
कार्यक्रममा सहभागी युवाहरुले अतिक्रमित भूमि समेटेर नक्सा जारी गर्नु सरकारको ऐतिहासिक कदम भएकोमा आफ्नो समर्थन रहेको धारणा व्यक्त गरेका थिए भने सरकारले कोरोना नियन्त्रण लगायतको काममा गरेका लापरबाही बिरुद्द खवरदारी गरिरहने बताएका थिए ।
फोटो :सरोज बस्नेत