गोकर्णेश्वर नगरपालिका द्वारा यातायात मजदुरहरुलाई राहत वितरण

गोकर्णेश्वर नगरपालिका द्वारा यातायात मजदुरहरुलाई राहत वितरण

कपन अनलाइन

काठमाडौं,असार ५ । गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले यातायात मजदुरहरुलाई राहत वितरण गरेको छ ।लकडाउनका समय सरकारले दैनिक ज्यालादारी मजदुर, विपन्न र गरिवका लागि राहत वितरण गर्ने निर्णय गरेको भए पनि राहतका लागि तयार गरिएका अव्यवहारिक मापदण्ड र कतिपय स्थानिय जनप्रतिनिधिहरुको असहयोगका कारण अधिकांश यातायात श्रमिकहरुले सरकारको सहयोग प्राप्त गर्न नसकेको  गुनासो आइरहेको बेलामा गोकर्णेश्वर नगरपालिका वडा नं ८ ले यातायात मजदुरहरुलाई पनि राहत वितरण गरेको छ ।

नगरपालिका संगको समन्वयमा वडाले बिहिबार नेपालय इंगलिस पब्लिक स्कुलको परिसर बाट करिब ७८ जना यातायात मजदुरहरुलाई राहत वितरण गरेको हो ।उक्त कार्यक्रममा नगर प्रमुख सन्तोष चालिसे, गोकर्णेश्वर नगरपालिका प्रवक्ता एबम वडा नं ८का वडा अध्यक्ष मनोजकुमार ढुंगाना, वडा सदस्य नन्दलाल श्रेष्ठ , नेपालय इंगलिस पब्लिक स्कुलका म्यानेजिंग डायरेक्टर बुद्द श्रेष्ठ, समाजसेवी दिपेन्द्र सेन्चुरी लगायत यातायात क्षेत्रका मजदुरहरुको उपस्थिति रहेको थियो ।

कार्यक्रम संयोजक समेत रहेका गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा सदस्य नन्दलाल श्रेष्ठले चैत ११ गतेदेखि लकडाउन (बन्दाबन्दी) अझै लामो समय हुनसक्ने भएकाले दैनिक ज्याला (भत्ता) लिएर काम गर्ने देशका धेरै यातायात मजदुररहरु (चालक, सहचालक, परिचालक, बुकिङ, लोडअनलोडर, कर्मचारी) ठूलो मारमा परेको र श्रमिकका परिवार विचल्ली परेको बताए। लकडाउनको अवधि बढ्दै जाँदा उनीहरूको अवस्था नाजुक बन्दै गएको भन्दै सोहि अवस्थालाई मध्यनजर गर्दै गोकर्णेश्वर नगरपालिका मार्फत केहि भए पनि सहयोग पुगोस भनेर राहत वितरण गरेको बताए।

अहिलेको कोरोना सङ्कटबाट साहुको बस, ट्रक, अटो चलाउने चालक तथा सहचालक बेरोजगार बनेको  र  दैनिक ज्यालादारी काम गर्ने बढी मर्कामा परेको बताउदै  उनले  यातायात मजदुरका साथै उनीहरूमा आश्रित परिवारको लागि पनि सरकार मार्फत राहतको प्याकेज ल्याउन आवश्यक रहेको  बताए ।

तपाइँको प्रतिक्रिया ।