संकटको समाधान संवाद

संकटको समाधान संवाद

 कपन अनलाइन 

काठमाडौं  ,असार १/तिर्थ सुवेदी

विश्व अहिले  कोभिड १९ संग लडिरहेको छ।यस महामारी बाट विश्व अर्थतन्त्र नराम्ररी प्रभावित भएको छ।नेपाल पनि कोभिड १९ बाट अछुतो रहेन।ऐले सम्म नेपालमा कोभिड१९ बाट १९ जनाको मृत्यु भईसकेको छ भने लगभग ६००‌० जना यसको संक्रमणमा परेका छन्।भाईरस मान्छे बाट मान्छेमा सर्ने भएकाले र यस महामारीको औषधि पत्ता लागि नसकेकाले सबैजना त्रसित बनेका छन्।

मुलुक ८० दिन भन्दा बढी लकडाउन मा रहंदा सबै क्षेत्र प्रभावित हुनु स्वभाविक हो तर पर्यटनको संभावना बोकेको पर्यटन क्षेत्र यस महामारी बाट झनै थिलथिलो बनेको छ।

सरकारले बजेट मार्फत पर्यटन क्षेत्रलाई माथि उठाउन संवोधन पनि गरिसकेको छ।धेरै ब्यबसायीहरुले बजेटको स्वागत गर्दै सरकारलाई धन्यबाद् समेत दिएका छन् तर केहीले भने बन्द अबस्थामा श्रमिकको तलब समेत सरकारले दिनुपर्ने जिकिर गरेका छन्। कुनै पनि उध्योग,कलकारखाना नचल्नु सरकार,ब्यबसायी तथा श्रमिकहरुलाई राम्रो पक्कै होईन तर कसैले नसोचेको संकट नै आईपरेपछि मिलेर नै यसको सामना गर्नुको विकल्प पनि छैन।

त्यसैले कुनैपनि ब्यबसाय चलाउन ब्यबसायीहरु जत्तिकै श्रमिकहरु पनि जिम्मेवार हुन्छन् र हुनुपर्छ पनि।यस संकट को स्थितिलाई पार लगाउन को निमित्त पनि ब्यबसायी र श्रमिक बिच संवाद हुनु जरुरी छ।दुई पक्ष टेबलमा बसेर समस्या को पहिचान गर्दै समाधानको उपायहरु अवलम्बन गर्नु अहिले अपरिहार्य भैसकेको छ।

संवाद मा नबस्ने तर ब्यबसायीले श्रमिकलाई दोषी देखाउने अनि श्रमिकले ब्यबसायीलाई दोषी देखाउने परिपाटी को बिकास गरियो भने हामी गन्तब्यमा पुग्न सक्दैनौ।अब महशुश गरौं मिलेर नै समस्या समाधान गर्न कोसिस गरौं।ब्यबसायी का प्रतिनिधि ब्यबस्थापन र श्रमिक का प्रतिनिधि ट्रेड युनियन बिच आ  आफ्नो प्रतिष्ठानमा संवादको थालनी गरौं।प्रतिष्ठानलाई टिकाई सबल बनाउने सवालमा ट्रेड युनियन बाधक बन्ने छैन सारथि बन्ने छ।सकरात्मक सोचका साथ दुबै पक्ष अब बाझेर हैन मन माझेर वार्तामा बसौं।विगतलाई नभुली बर्तमानको समीक्षा गर्दै भविष्यको ख्याल गरौं। नभुलौं १० बर्षे हिंसात्मक युध्द त बार्ता बाटै समाधान भयो।

तपाइँको प्रतिक्रिया ।