‘खल्ती’ मोवाइल एपको एन्ड्रोइड प्लेटफर्ममा जोडिए १ मिलियन युजर

‘खल्ती’ मोवाइल एपको एन्ड्रोइड प्लेटफर्ममा जोडिए १ मिलियन युजर

कपन अनलाइन

काठमाडौं ,असार १।

डिजिटल भुक्तानी सेवा प्रदायक ‘खल्ती’ मोवाइल एपमा १० लाख जना एन्ड्रोइड मोवाइल प्रयोगकर्ता जोडिएका छन् । एन्डोइड प्लेटफर्मका नेपाली एपमध्ये मिलियन क्लवमा प्रवेश गर्ने सीमित एपमा ‘खल्ती’ एक बनेको छ । ‘खल्ती’ले यो उचाइ तीन बर्षमै हासिल गरेको हो । प्ले स्टोरमा उपलब्ध एपमध्ये छोटो समयमै १० लाख पटक डाउनलोड हुने ‘खल्ती’ पहिलो नेपाली मोवाइल वालेट बनेको छ ।

आएओएस प्लेटफर्ममा समेत उक्त एप झण्डै १ लाख पटक एप्पल डिभाइसहरूमा डाउनलोड भएको छ । वेवपेज khalti.com बाट पनि अनलाइन पेमेन्ट गरिन्छ । मोवाइल र वेवपेजसमेत गरेर ‘खल्ती’ प्रयोगकर्ताको संख्या १३ लाख नाघेको छ ।

नेपाली युवा उद्यमीहरुको समूहले सन् २०१७ मा स्थापना गरेको ‘खल्ती’ ले गत बर्ष मात्रै राष्ट्र बैंकबाट डिजिटल भुक्तानी सेवा प्रदायकको अनुमति पाएको हो । विशुद्ध नेपाली नामलाइ ब्राण्ड बनाएर डिजिटल भुक्तानी सेवा प्रदान गर्दै आएको ‘खल्ती’ शहरदेखि ग्रामिण भेगसम्म लोकप्रिय बन्न पुगेको छ ।

दैनिक जीवनमा मोवाइल रिचार्ज कार्ड खरिददेखि बिजुली, खानेपानी, इन्टरनेट, डिटिएचको महसुल भुक्तानी, फिल्म टिकेटिङ, प्लेन टिकेटिङ, इभेन्ट्स टिकेटिङ, होटेल रुम बुकिङ गर्ने अनलाइन किनमेलको भुक्तानी दिनसम्म सर्वसाधारणले ‘खल्ती’को प्रयोग गरिरहेका छन् ।

खल्तिका निर्देशक अमित अग्रवाल ले  छोटो समयमै ‘खल्ती’ले यत्रो लोकप्रियता हासिल गरेकामा  निकै उत्साहित भएको बताउदै  आम प्रयोगकर्ताले जुन विश्वास, भरोसा र माया गर्नु भएको छ, त्यसको हामी ऋणी भएको बताएका छन ।

‘खल्ती’ले सरकारको डिजिटल नेपालको सपनालाई साकार पार्न आफ्नो क्षेत्रबाट योगदान गरिरहेको छ । हरेक घर र परिवारका हरेक सदस्यलाइ ‘खल्ती’मार्फत डिजिटल भुक्तानीमा जोड्ने उद्देश्य राखेको जानकारी दिएको छ  ।

नेपाल दूरसंचार प्राधिकरणको गत चैतको तथ्याङ्क अनुसार नेपालमा मोबाईल प्रयोगकर्ताहरूको संख्या ३ करोड ७९ लाख ९० हजारभन्दा बढी छ । यो जनसंख्याको झण्डै १२७ प्रतिशत हो । यस्तै जनसंख्याको ५५ प्रतिशतले मोवाइलमा तीब्र गतिको इन्टरनेट सेवा प्रयोग गर्छन् । इन्टरनेट प्रयोगकर्ताको कुल संख्या ७३ प्रतिशतभन्दा बढी छ ।

तपाइँको प्रतिक्रिया ।