बुढानीलकण्ठ नेवा पुचः को आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

बुढानीलकण्ठ नेवा पुचः को आयोजनामा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३२।

बुढानीलकण्ठ नेवा पुचः को आयोजनामा बुढानिलकण्ठ -१३ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाल रेडक्रस सोसाइटिको संगको सहकार्य तथा   बुढानिलकण्ठ वडा नं १३ १३ को समन्वयमा  बिहान ९ बजे देखि शुरु गरिएको कार्यक्रममा  ७५ जना रक्तदाताहरुले रक्तदान गरेको  पुचः का अध्यक्ष आयान श्रेष्ठले जानकारी दिएका छन ।

बुढानिलकण्ठ नगरपालिकाका जन सम्पर्क सल्लाहकार  सुन्दर पुर्कुटि ,नेकपा बुढानिलकण्ठ का अध्यक्ष  रविन अधिकारी , वडा नं ३ का  अध्यक्ष  बालकुष्ण श्रेष्ठ , वडा नं  १३ का अध्यक्ष श्री कृष्ण श्रेष्ठ ,वडा सदस्यहरु ,समाजसेवी ,राजनीतिक कर्मि ,विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

 

बूढानीलकण्ठ वडा नं १३ को सहकार्यमा गरिएको सो कार्यक्रममा वडाका अध्यक्ष श्री कृष्ण श्रेष्ठले हाल यस महामारीका समयमा स्थानिय तहहरुले विभिन्न किसिमका सहयोगका कार्यहरु निरन्तर सञचालन गरिरहेको बताएका थिए ।

तपाइँको प्रतिक्रिया ।