काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्कमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

काठमाडौं महानगरपालिका वडा नं ७ मित्रपार्कमा बृहत रक्तदान कार्यक्रम सम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३२।

काठमाडौं महानगरपालिका  वडा नं  ७ मित्रपार्कमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ। नेपाली रक्तदाता संघको आयोजना र सामुदायिक सेवा केन्द्र तथा रिटर्नी माइग्रेन्ट नेपालको सहकार्यमा सम्पन्न भएको सो रक्तदान कार्यक्रममा ३५ जनाले रक्तदान गरेका थिए।

कामपा ७ वडा कार्यालयमा  बिहान ८:३० मा शुरु भएर ११ बजे समापन भएको कार्यक्रममा वडा अध्यक्ष सुद्द डंगोल  , रेडक्रस जुनियर युवा बिभागकी सुमिरा नेउपाने, रेडक्रस चाबहिल बौद्ध उपसाखाका सभापति उत्तम श्रेष्ठ, एन आर एन ए रक्तदान बिभागका कुनाल मिश्रा, रिटर्नी माइग्रेन्ट नेपालका अध्यक्ष उत्तम अधिकारी , सामुदायिक सेवा केन्द्र चाबहिलका अध्यक्ष उद्धब बडाल लगायतको उपस्थिति रहेको थियो।

तपाइँको प्रतिक्रिया ।