जोरपाटीमा नक्शाको खुसियाली र सरकारको विरोधमा प्रदर्शन

जोरपाटीमा नक्शाको खुसियाली र सरकारको विरोधमा प्रदर्शन

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ३२।

गोकर्णेश्वर नगरपालिकाको जोरपाटीमा संघीय संसदले नेपालको नयाँ नक्सा पास गरेको खुशियालीमा र  सरकारले कोरोना नियन्त्रणमा गरेका कमजोरीहरु बिरुद्ध प्रदर्शन भएको छ।

स्वतस्फुर्त रुपमा जोरपाटीमा  भएका युवाहरुले खुशियालीमा दिप प्रज्जवलन गरेका थिए भने प्ले कार्डमा सरकारको खबरदारी गरेका थिए। सयौंको संख्यामा रहेका युवाहरुले प्रदर्शन गरेका थिए।

उक्त प्रदर्शनमा गोकर्णेश्वर तथा आसपासका युवाहरु विभिन्न नारा तथा आवाज बोकेर युवाहरुले सरकारको विरोध गरेका थिए भने नेपालको नक्शा बनाएर सम्मान प्रकट गर्दै खुसियाली प्रकट गरेका थिए।

फोटो :सरोज बस्नेत

 

तपाइँको प्रतिक्रिया ।