कोरोनाको जय होस्
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८/गङ्गा कर्माचार्य पौडेल
“आहा… लकडाउनमा त हामीलाई चिठ्ठै पर्या छ । वडाबाट जाना पिच्छे राहतथापेर नि ल्याइयो । खानापनिनिःशुल्कभोजन बाँडेका ठाउँमा गएर खाइया छ । न पकाउन, तुल्याउन झन्झट न त किनमेलको समस्या । हैन त ठूली ?” ठुलेले जुँङ्गा मुठार्दै भन्यो ।
“त्यतिमात्रहो र ? मेरी बहीनी छे नि नितु उसकाश्रीमान वडाध्यक्ष तपाईलाई थाहै छ । उहाँले राहत बाँड्न ल्याएकको खाद्यन्नबाट पाँचबोरा चामल, पाँच लिटर तेल, दुइपाकेट नुन, पाँचकिलो दाल, पाँचकिलो आलु हाम्रो लागिभनेर छुट्टाएर राखिदिनु भएको छरे । छिटो गएर ल्याउनुस् ।”
“ए ! होर ?त्यसो भए त हाम्रो सानो परिवारले वर्षदिनखाएर पनि रासनउब्रने भयो । यहीबेला बेचर पैसा नि कमाउनु पर्छ । अनित्यो पैसा ब्याजलाएर ब्याजको स्याजअसुलेर छिट्टै करोड पनि हुुनपर्छ बुझ्यौ ठूली ?”
“तपाईले ठिकै भन्नुभयो ।
अस्ती पल्लो घरमा डेरा गरि बस्नेकी श्रीमतीले जतिब्याजलिएनिलिनुस् दिदीमलाई पच्चीसहजार दिनुस् भनेर मसँग पैसा माग्दै थिई । यस्तै अपठेरो पर्दा हो नि ब्याज धेरै पाइने” हिहिहिहाँसी ठूली ।
पत्नीको सहमतीमा ठूलेले छिटोछिटो राहतको सामानसहितआफूसँग भएको सबै खाद्यान्न बेचेर आएको पैसा ब्याजमालगाएर ढुक्क भयो । त्यसको भोलीपल्ट बिहान सबेरै उठेर गाडी रिजर्व गरि ठूले सालीको घरमा गयो ।
ऊ त्यहाँपुग्दा घरमा सुनसान देखेर अचम्मलाग्यो । उसले छिमेकीलाई सोध्यो “यो घरको मान्छे कतागए?तपाईलाई थाहा छ ?”
“ए ! त्यो भ्रष्टाचारी वडाध्यक्ष, त्यसलाई त हामीले हिजै थानामा लगेर बुझाई सक्यौं । वडाका विपन्नवर्गलाई राहतवितरण गर्न भनिल्याएको खाद्यान्नउसकानातापातालाई पो बाड्दो रैछ बड….। उसको जवाफ सुनेर ठूले भिरबाट पछारिएको गोरु जस्तो भयो ।
सहकार्य :कपन बानेश्वर साहित्यिक साप्ताहिक