कोरोना जितेर फर्कीइन बुढानिलकण्ठ -१२ तेन्जिंग चोककी १८ वर्षीया युवती
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८।
बुढानिलकण्ठ नगरपालिका वडा नं १२ तेन्जिंग चोकमा बस्दै आएकी १८ वर्षीय युवती कोरोना जितेर फर्किएकी छन। बैशाख ३० गते सर्लाही जिल्लाको रामनगर -४ बाट काठमाडौं आएकी उनमा कोरोना संक्रमण देखिए संगै शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुको आइसोलेसन वार्डमा उपचार गरिएको थियो।
संक्रमण देखिए संगै उनको सम्पर्कमा आएका ८ जनाको PCR रिपोर्ट नेगेटिभ आएको थियो भने बुढानिलकण्ठ नगरपालिकाको पहिलो कोरोना संक्रमण देखिए संगै ग्राउन्ड जिरोमा पुगेर स्वास्थ्य शाखा प्रमुख कुमार दाहालले सो क्षेत्र सुरक्षित रहेको जानकारी दिदै सचेत रहन र कुनै पनि लापरबाही नगर्न आग्रह गरेका थिए ।
त्यस्तै बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले पनि सो क्षेत्रमा पुगेर स्थानीयहरुलाई भेट गरेर सुरक्षा तथा सचेतनाका वारेमा छलफल गर्दै परिक्षण र अन्य व्यवस्थापनका वारेमा जानकारी गराएका थिए।