बुढानिलकण्ठ नगरपालिकाका ६५ जना सुत्केरीहरुलाई मसला र मास्क वितरण
कपन अनलाइन
काठमाडौं ,जेष्ठ १८।
बुढानिलकण्ठ नगरपालिकाका ६५ जना सुत्केरीहरुलाई सुत्केरी मसला र मास्क वितरण गरिएको छ।बूढानीलकण्ठ नगरपालिका वडा नं.३ का वडाध्यक्ष बालकृष्ण श्रेष्ठको पहल र वोधिसत्व विहारको सहयोगमा बूढानीलकण्ठ स्वास्थ्य चौकी बर्थिङ्ग सेन्टरमा उपस्थित ६५ जना महिलाहरुलाई सुत्केरी मसला र मास्क वितरण गरिएको थियो।
विभिन्न रोगका औषधि खाईरहेका बिरामीको सकिएको औषधि समेत घरघरमा पुर्याउने, खानाको अभाव भएका परिवारलाई घरमै खाद्यान्न पुर्याउने,बिरामीलाई अस्पताल लाने ल्याउने र गर्भवती महिलाहरुलाई बूढानीलकण्ठ स्वास्थ्य चौकीको बर्थिङ्ग सेन्टरमा ल्याईदिने जस्ता मानवीय र सामाजिक कार्य गर्दै आएका वडा नं ३ का अध्यक्ष श्रेष्ठले आफ्नो दायित्व पुरा गर्ने क्रममा यो सहयोग गरेको जानकारी दिएका छन।
विषम परिस्थितिमा जनताको सेवा गर्नु जनप्रतिनिधिको धर्म रहेको बताउदै श्रेष्ठले उक्त अभियानमा सहयोग गर्ने सबैलाई धन्यवाद दिएका छन।