समाजसेवी छाक्पा छोतर शेर्पाको सहयोगमा बुढानिलकण्ठ -१२ का ५६ परिवारलाई राहत

समाजसेवी छाक्पा छोतर शेर्पाको सहयोगमा बुढानिलकण्ठ -१२ का ५६ परिवारलाई राहत

कपन अनलाइन

काठमाडौं ,जेष्ठ १०।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का ५६ विपन्न तथा दैनिक मजदुरी गर्ने परिवारहरुलाई समाजसेवी छाक्पा छोतर शेर्पाको सहयोगमा खाद्यान्न वितरण गरिएको छ।

अमेरिकामा व्यवासय गर्दै आएका काठमाडौं महानगरपालिका वडा नं ६ भृकुटी चोक बस्ने समाजसेवी शेर्पाले बुढानिलकण्ठ नगरपालिका वडा नं १२ का अध्यक्ष शम्भु भट्टराईको आग्रहमा सो सहयोग गरेको र आगामी दिनमा पनि गर्ने बताएका छन।

कठिन समयमा एक अर्कालाई सहयोग गर्नु मानवीय दायित्व रहेको बताउदै शेर्पाले आगामी दिनमा पनि सकेको सहयोग गर्ने प्रतिवादत्ता व्यक्त गर्दै संयोजनका लागि वडा नं १२ लाई धन्यवाद दिएका थिए।

त्यस्तै वडामा सहयोग माग गरेका ५६ परिवारलाई व्यक्तिगत रुपमा सहयोग गर्ने मनकारी समाजसेवी  शेर्पालाई धन्यवाद दिदै वडा अध्यक्ष भट्टराईले विपदको समयमा सजग रहन सबै वडावासीलाई अनुरोध गरेका छन।

वडा नम १२ को तेन्जिंग चोकको खाद्यान्न पसल बाट गरिएको राहात वितरणको वडा सदस्य पुरुषोत्तम नेपाल , राधाकृष्ण टोल सुधार समितिका रत्न उप्रेती , महिला संजालका सावित्री ढकाल ,विष्णु भट्टराई ,सालिकराम भट्टराई लगायतले सहजीकरण गरेका थिए।

सो अवसरमा प्रत्येक परिवारलाई १५ केजी चामल ,२ केजी दाल ,१ लिटर तेल ,१ केजी नुन र सावुन दिइएको थियो।

तपाइँको प्रतिक्रिया ।