निति कार्यक्रम तथा योजनाहरुको छलफलमा प्रदेस सभा सदस्य कुसुम कुमार कार्की

निति कार्यक्रम तथा योजनाहरुको छलफलमा प्रदेस सभा सदस्य कुसुम कुमार कार्की

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ९।

काठमाडौं क्षेत्र नं ४(२) बाट निर्वाचित बागमती प्रदेसका प्रदेस सभा सदस्य कुसुम कुमार कार्कीले आगामी आवमा बागमती प्रदेस सरकारको निति कार्यक्रम तथा योजनाहरुका प्राथमिकता र समावेस गरिनु पर्ने विषयहरुका वारेमा छलफल शुरु गरेका छन।

 

सो प्रदेस निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने  नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) काठमाडौं जिल्ला कमिटिका सदस्यहरु ,जनप्रतिनिधिहरु र नेकपा बुढानिलकण्ठका अध्यक्षको सहभागिता रहेको सो छलफलमा  रोजगारी सृजना ,भौतिक पुर्वाधार निर्माण, कृषी, स्वास्थ्य र शिक्षा सम्बन्धी कार्यक्रम तथा योजनाहरुको वारेमा छलफल गरिएको प्रदेस सभा सदस्य कार्कीले बताएका छन।

सो छलफलमा प्राप्त सुझावका आधारमा  बागमती प्रदेस सरकार संग समन्वय गर्दै ति सुझावको कार्यान्वयन गर्ने जानकारी दिदै कार्कीले छलफलमा सहभागीहरुले नीति गत र योजनागत रुपमा महत्वपूर्ण सुझाव दिएको बताएका छन।

सो छलफलमा सहभागीहरुले बागमती प्रदेस सरकारको आगामी वर्षको कार्यक्रम र बजेटमा कृषि तथा उत्पादनमा जोड दिदै त्यसका लागि सहकारी वा अन्य कुनै माध्यम बाट सामुहिक सहभागिता रहनुपर्ने सुझाव दिएको प्रदेस सभा सदस्य कार्कीले बताएका छन।

काठमाडौं क्षेत्र नं ४ (२) मा भौतिक निर्माण संगै रोजगारमुखी उत्पादन मुलक  योजनाहरुका वारेमा विभिन्न व्यक्तिहरु संग चरणवद्ध परामर्श पश्चात ति सुझाव सहितको क्षेत्र विकासको योजना प्रदेस सरकार संग माग गर्ने बताउदै कार्कीले प्रकोपको वर्तमान समयमा सुरक्षित रहनका लागि पनि अपिल गरेका छन।

 

 

तपाइँको प्रतिक्रिया ।