बुढानिलकण्ठ नगरपालिकामा ४ सय ७८ जनाको परिक्षण गर्दा ३२ जनामा RDT पोजिटिभ

बुढानिलकण्ठ नगरपालिकामा ४ सय ७८ जनाको परिक्षण गर्दा ३२ जनामा  RDT पोजिटिभ

कपन अनलाइन 

काठमाडौं ,जेष्ठ ९।

बुढानिलकण्ठ नगरपालिकामा जेष्ठ ८  र ९ गते गरिएको RDT परिक्षणमा ३२ जनाको RDT रिपोर्ट पोजिटिभ आएको छ। बूढानीलकण्ठ नगरपालिकाले जेष्ठ ८  सञ्चालन गरेको आरडीटी टेष्टमा जम्मा २७८ जनाको परिक्षण गरेको थियो भने जेष्ठ ९ गते १९० जनाको RDT परिक्षण गरिएको थियो।    हालसम्म बुढानिलकण्ठ नगरपालिकामा ४७८ जनाको परिक्षण गरिएको छ।

जेष्ठ ८ गतेको परिक्षणमा   १५  पुरुष र ६ जना महिलामा पोजेटिभ देखिएको थियो भने जेष्ठ ९ गतेको पारिक्षणमा ३ जना महिला र ८ जना पुरुषमा RDT नतिजा पोजिटिभ देखिएको हो। त्यस्तै जेष्ठ ८ गते ५१ जना र ९ गते ४१ जनाको PCR परिक्षणका लागि स्वाव संकलन गरिएको छ।

 RDT  पोजेटिभ देखिएका सबैलाई नगरपालिकाले व्यवस्था गरेको क्वारेन्टिनमा राखिएको र  RDT प्रारम्भिक परिक्षण भएकोले PCR नतिजा चाडै आउने जानकारी दिदै नगर प्रवक्ता नवराज भट्टराईले यस परिस्थितिमा संयम ,सचेत र सजग भएर घर भित्र रहनका लागि नगरवासीमा अपिल गरेका छन।

तपाइँको प्रतिक्रिया ।