च्याउ खोज्न जंगल जाँदा लडेर ओखलढुंगाका एक ब्यक्तिको मृत्यु

च्याउ खोज्न जंगल जाँदा लडेर ओखलढुंगाका एक ब्यक्तिको मृत्यु

कपन अनलाइन 

ओखलढुंगा ,जेष्ठ ९।

ओखलढुंगाको सिद्धिचरण नगरपालिका वडा नं ७ विगुटारको दोर्पु गाउँका ४५ बर्षीय एक पुरुषको लडेर मृत्यु भएको छ । च्याउ खोज्न जंगल जाने क्रममा हिजो साँझ स्थानीय पासाङ फुरी शेर्पाको लडेर मृत्यु भएको हो ।

स्थानीय पाखाबाट लडेर २ मिटर तल खस्दा उनको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । जंगलमा च्याउ खोज्न गएका शेर्पा अबेरसम्म घर नफर्किएपछि आफन्तले खोजी गर्ने क्रममा उनलाई मृत अवस्थामा फेला पारेर प्रहरीलाई खबर गरेका थिए ।

तपाइँको प्रतिक्रिया ।