कोरोना जितेर घर फर्किए चार जना

कोरोना जितेर घर फर्किए चार जना

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ८।

कोरोना भाइरस (कोभिड–१९) को रिपोर्ट नेगेटिभ आएपछि टेकुस्थित शहीद शुक्रराज ट्रोपिकल तथा सरुवा रोग अस्पतालबाट बुधबार ४ जना डिस्चार्ज भएका छन् ।

अस्पतालको आइसोलेसनमा भर्ना भएर उपचार गराएका ४ जना कोेरोना संक्रमितलाई डिस्चार्ज गरिएको अस्पताल निर्देशक डाक्टर सागर राजभण्डारीले बताए । ४ जनाको दुई–दुई पटकसम्म रिपोर्ट नेगेटिभ आएपछि अस्पतालले आज डिस्चार्ज गरेको हो । टेकु अस्पतालको आइसोलेसनमा कोरोना संक्रमित अब १ जनामात्रै रहेको निर्देशक राजभण्डरीले बताए ।

४ जनाकोरोना भाइसरमुक्त हुने मध्ये एक जना आरोग्य फाउन्डेशनकी कर्मचारी पनि हुन् । फाउन्डेशनकी ती कर्मचारी कर्मचारीलाई वैशाख ३१ गते कोरोनाभाइरस संक्रमण भएको पुष्टि भएको थियो ।

तपाइँको प्रतिक्रिया ।