कागेश्वरी मनोहरा नगरपालिकामा लकडाउन अवधिभर स्वयम सेवकको रुपमा कार्य गर्ने सबैको बिवरण बुझाउन नगर प्रमुख कृष्ण हरि थापाको अनुरोध

कागेश्वरी मनोहरा नगरपालिकामा लकडाउन अवधिभर स्वयम सेवकको रुपमा कार्य गर्ने सबैको बिवरण बुझाउन नगर प्रमुख कृष्ण हरि थापाको अनुरोध

कपन अनलाइन

काठमाडौं, जेठ ८। कागेश्वरी मनोहरा नगरपालिका प्रमुख कृष्णहरि थापाले  नगरपालिकाको  वडा नं १ देखि ९ सम्मका लकडाउन अवधिभर राहत कुपन बाड्न हिड्ने राजनीतिक पार्टीका प्रतिनिधि, संघ सस्थाका प्रतिनिधि, तथा निशुल्क भोजन मेसमा स्वयं सेवकको रुपमा सहयोग गर्ने सबैको  बिवरण  नगरपालिकाको स्वास्थ्य शाखामा जेठ १० गते भित्रमा बुझाउन अनुरोध गरेका छन।

 उनले नगरपालिकामा उनीहरुको नाम प्राप्त भए पछि वडा वडा गरि आर डीटि र पिसिआर टेस्ट गर्ने जानकारी गराए । साथै उनले जेठ ५ गते कागेश्वरी मनोहरा नगरपालिका वडा नं २ आलापोट स्वाथ्य केन्द्र र वडा नं ६ स्थित मुलपानी वडा नं ६ मा रहेको मुलपानी स्थित नगर अस्पतालमा जम्मा ४३८ जनाको  आर डी टि र पिसि आर गरिएकाहरु सबैको पिसिआर रिपोर्ट नेगेटिभ आएको पनि जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।