बुढानिलकण्ठ नगरपालिकामा हुने आकस्मिक रक्तदान कार्यक्रम स्थगित

बुढानिलकण्ठ नगरपालिकामा हुने आकस्मिक रक्तदान कार्यक्रम स्थगित

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ८।

कोरोना प्रकोपका कारण अहिले नियमित रक्तदान कार्यक्रम हुन् नसकेको वेलामा रगत अभावको समस्या समाधान गर्न  बुढानिलकण्ठ नगरपालिकाको प्राङ्गण हात्ती गौडामा आकस्मिक रक्तदान हुने भनिएको आकस्मिक रक्तदान कार्यक्रम स्थगित भएको छ।

कोभिड–१९ को सङ्क्रमण रोक्न देशव्यापी आह्वान गरिएको लकडाउनका कारण अत्यावश्यक रगत अभाव हुनसक्ने सम्भावनालाई ध्यानमा राखेर आयोजना गर्ने भनिएको कार्यक्रम नगरपालिकामा RDT परिक्षण र स्वाब संकलन गर्ने कार्यक्रम रहेकोले स्थगित गरिएको आयोजकले जानकारी दिएको छ।

रक्तदान र परिक्षण संगै गर्दा सामाजिक दुरी कायम गर्न र व्यवस्थापनमा समस्या पर्ने भएकोले रक्तदान स्थगित गरिएको आयोजकले जानकारी दिएको छ।

तपाइँको प्रतिक्रिया ।