नदी (कविता )

नदी (कविता )
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ८ /प्रियांकुश गौतम
कलकल बग्छ हेर नदी माझ पानी
यसैगरी बगे हुन्थ्यो हाम्रो जिन्दगानी
शीतल हावा लाग्छ नदी किनारमा
त्यतिबेलै खुसी छाउँछ मेरो कोमल मनमा ।
स्पर्श गर्छु तिमीलाई गतिशील लाग्छ
तिमीसितै कुदूँ कि म दु:ख पीडा भाग्छ
झरझर कलकल ध्वनि सुन्दा स्वर्गै हो कि लाग्ने
सधैँभरि तिमीलाई साथ दिईरहूँ लाग्ने ।
नदी छेऊ सफा गर्नु मेरो कर्तव्य हो
एकजुट भई सफा गर्नु हाम्रै दायित्व हो
 वरिपरि रूख रोपौँ प्रकृति स्वस्थ पारौँ
सबैजना मिलीजुली सफा हावा डाकौँ ।
(बत्तिसपुतली, काठमाडौंका १४ वर्षीय गौतम  पाठशाला नेपाल फाउन्डेसन, थापागाउँ, बानेश्वरमा कक्षा १० मा अध्ययनरत छन)
तपाइँको प्रतिक्रिया ।