तिन नगरपालिकाको संगम “भेटघाट चोक” सडक कालोपत्रे सम्पन्न

तिन नगरपालिकाको संगम “भेटघाट चोक” सडक कालोपत्रे सम्पन्न

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ८।

कोरोना प्रकोप रोकथाम तथा नियन्त्रण अभियानको नेतृत्व जस्तो  गम्भीर अभिभारा बहन गरिरहेका नेपाल सरकारका उपप्रधानमन्त्री तथा उच्च स्तरीय संयन्त्रका संयोजक ईश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं क्षेत्र नं ५ का तिन नगरपालिकाको संगम “भेटघाट चोक ” को सडक कालोपत्रे भएको छ।

काठमाडौं महानगरपालिका वडा नं ३,बुढानिलकण्ठ नगरपालिका वडा नं ७ र टोखा नगरपालिका वडा नं ४ को संगम रहेको सो क्षेत्रमा रहेको सामाखुसी खोला कोरिडोरमा सडक कालोपत्रे भए पश्चात उक्त निर्वाचन क्षेत्र बाट बागमती  प्रदेस सभामा निर्वाचित सांसद दिपक निरौलाले सहयोग गर्ने सबैलाई धन्यवाद दिदै केहि प्रसंगहरु सांकेतिक रुपमा स्मरण गरेका छन।

तिन वटा स्थानीय तहको संलग्नता  रहेको उक्त स्थानमा रहेका संरचना हटाउने र सडक विस्तार गर्ने क्रममा स्थानीयहरुको अवरोध हटाउने क्रममा भएको घटनालाई स्मरण गर्दै उनले सो कार्य बाट असर परेका स्थानीयवासीलाई त्यो सो क्षेत्रको विकासका लागि गरिएको कार्य भनेर बुझिदिन अनुरोध गरेका छन।

सो सडकलाई ८ मिटरको बनाउदै विस्तार गर्ने क्रममा स्थानीयहरु बाट निकै विरोध भएको सम्झिदै प्रदेस सभा सदस्य निरौलाले भने ,”उहाहरुले सडक ८ मिटर बनाउने भए मलाई जुत्ताको माला लगाउछौ भन्नु भयो ,मैले स्वीकार्दै एउटा माग उहाहरु संग राखेको थिए। जुत्ता नया हुनुपर्ने र माला लगाई दिने मेरा क्षेत्रवासीका नाति नातिना संग माला सहितको फोटो खिच्न पाउनु पर्ने मेरो माग थियो। र मैले उहाहरुलाई अनुरोध गरेको थिए उक्त फोटो आफ्नो बैठक कोठामा राख्न र सडकको अवस्था यथास्थितिमा राख्न। अनि मैले  ठुलो भै सकेपछी  ति नानीहरुले त्यस वेला सोध्दा यो फोटो र  आगाडी सडकको अवस्थाको वारेमा बताई दिनपनि अनुरोध गरेको थिए।   “

सांसद निरौलाको उक्त प्रस्ताव पश्चात निरुत्तर बनेका स्थानीयहरु सो सडक विस्तार तथा निर्माणका लागि सहमत बनेको  र अहिले त्यहा कालोपत्रे समेत सम्पन्न भैसकेको सांसद निरौलाले बताए।

सो संगम स्थलको सडक कालोपत्रे गर्नका लागि पहल  गर्ने नेपाल सरकारका उपप्रधान तथा  रक्षामन्त्री ईश्वर पोखरेल प्रति आभार प्रकट गर्दै  उक्त सडक खण्डको कालोपत्रे र स्तरन्नोतीमा सहयोग गर्ने बुढानिलकण्ठ नगर प्रमुख उद्द्व खरेल, टोखा नगर प्रमुख प्रकाश अधिकारी, बुढानिलकण्ठ नगर उप प्रमुख रमा राई ,टोखा नगर उप प्रमुख ज्ञानमाया डङ्गोल ,बुनपा-७ का वडा अध्यक्ष बसनारायण महर्जन, टोनपा-४ का वडा अध्यक्ष धर्मराज श्रेष्ठ ,सडक निर्माणका लागि खटिने प्राविधिक तथा निर्माणकर्मी ,स्थानीयहरुलाई धन्यवाद दिएका छन।

 

तपाइँको प्रतिक्रिया ।