कोरोना भित्राउने भए घर बाहिर निस्कनुस !

कोरोना भित्राउने भए घर बाहिर निस्कनुस !

कपन अनलाइन

काठमाडौं ,जेष्ठ ६/पुन्यराज पुडासैनी 

अहिले विश्व नै कोरोना (कोभिड १९ ) भाइरस विरुद्ध लडिरहेको छ। अदृश्य यो शत्रुका सामु अहिले विस्वका महाशक्ति रास्ट्र देखि आम जनताहरु लडिरहेका छन।

संसारलाई लकडाउन गरेर विस्वको मनोविज्ञान,शक्ति सन्तुलन र अर्थतन्त्र नै बदल्ने सामर्थ्य राख्ने यो अदृश्य शत्रुका गदै अहिले बिज्ञान ,प्रविधि ,अविस्कार र श्रोत असमर्थ भैरहेको छ भने यसले अव कहिले पनि पुरानो अवस्थामा फर्कन नदिने विश्लेषण पनि भैरहेका छन।

यसै कारणले पछिल्लो समयमा ” न्यु नर्मल” अवस्थाका वारेमा पनि व्यापक छलफल शुरु भएको छ भने यसले धेरै सामाजिक मुल्य मान्यता ,संस्कार र जीवन शैलीमा पनि ठुलो असर पारेको छ।

धेरै देशका स्वास्थ्य व्यवस्थाहरु ध्वस्त हुने अवस्थामा पुगेका छन भने केहि समय पछी खाध्य संकट देखा पर्ने अनुमानहरु गर्न थालिएको छ।आगामी दिनमा विश्वमा यात्रा संस्कृति ,सार्वजनिक यातायात र सर्वसाधारणको व्यापक सहभागिता रहेने क्षेत्रको स्वरूप नै परिवर्तन गर्ने यस भाइरस संग बच्नका लागि लड्ने प्रमुख हतियार भनेको व्यक्ति स्वयंको सावधानी हो।

अन्य नियमित आउने प्रकोप भन्दा निकै फरक र कुनै उपचार विधि पत्ता लागि नसकेको यस भाइरसका विरुद्ध लड्ने सबै भन्दा प्रभावकारी उपाय भनेको व्यक्तिको जीवन शिली र उसले परिस्थितिलाई बुझेर अपनाउने सावधानी नै हो।

अहिले धेरै स्थानमा लकडाउन हेर्ने, शितल हावा खाने ,खुट्टा तन्काउने , मर्निंग ए इभिनिंग वाक जाने जस्ता विभिन्न बहानामा मानिसहरु सडकमा हिडिरहेको देखिन्छ।संक्रमण नहुन्जेल केहि पनि हुदैन भन्ने अज्ञानी बुझाइले त्यस्ता मानिसहरुले अन्य धेरैलाई उच्च जोखीममा पारिरहेको देखिन्छ।

संक्रमण पहिचान जाँच र रुट कट विधि बाट संक्रमितको शंख्या बढ्न नदिने प्रयासमा अग्रमोर्चाका योद्दाहरु लागिरहेको समयमा उनीहरुको अनुरोध बेवास्ता गर्दै बाहिर निस्कने मुर्खता धेरैले गरिरहेका छन। यसले ति व्यक्तिहरु संगै यदि भाइरस घर भित्र छिर्यो भने त्यसले पुरै परिवार नै प्रभावित हुने तर्फ सोचेर घर भित्र बस्ने बानि बसालेमा पूर्ण सुरक्षित बन्ने तर्फ सबैले विचार पुर्याउनु पर्ने देखिन्छ।

शरीरको कुनै पनि भागमा भाइरस (  SARS-CoV-2) टाँसिदैमा रोग लाग्ने भने होइन। जब त्यो भाइरस स्वास-प्रस्वास प्रणालीको जीवकोष भेट्टाउँछ तब मात्र असर गर्ने भएकोले यसलाई आफ्नो नजिक पर्न नदिनका लागि यो संग भाग्नु नै उत्तम हुन्छ।

त्यस्तै साबुनमा रहेको  बोसोयुक्त amphiphiles भन्ने पदार्थले भाइरसको झिल्लीसँग प्रतिस्पर्धा गर्छ अनि छालासँग टाँसिने शक्ति नष्ट गरिदिन्छ। फलस्वरुप, भाइरस छालाबाट छुट्टिन्छ।त्यसैले अहिलेको कठिन समयमा साबुनको प्रयोग अनिवार्य रहेको छ।

 सो भाइरस लाई नाक,आँखा  वा मुख भित्र छिर्न नदिनका  लागि या त भाइरस छालामा टाँस्सिनै दिनु हुँदैन या छालामा हुँदैमा मार्नु पर्छ। तलका सवधानी हरु अपनाएमा यो डरलाग्दो रोग बाट बच्न सकिन्छ:

• अरुको नजिक नजाने। ध्यान दिनुस्, रोगको लक्षण नदेखिए पनि अरु मान्छे भाइरस संक्रमित हुन सक्छ।
• भिडभाडमा गएमा वा बाहिर मात्रै गएमा पनि भाइरस टाँसिने डर हुन्छ।
• बाहिर गएर घरमा छिर्ने बित्तिकै लुगा खोलेर साबुन पानीले नुहाउने अनि सफा लुगा फेर्ने।
• केही चिजलाई छुने बित्तिकै साबुन पानीले हात धुने।
• तपाइँ संक्रमित हुनुहुन्छ भने अरु नजिक नजाने र नाक मुख छोपेर मात्रै हाछ्युँ गर्ने।

• सकेसम्म कसैसँग हात नमिलाउने।

तर यी विधि भन्दा उत्तम  विधि यस विषम परिस्थितिमा घर  बाहिर निस्कनु भनेको अदृश्य शत्रुलाई निम्ता दिन आफै जानु हो त्यसैले  कोरोना भित्राउने भए घर बाहिर निस्कनुस।

तपाइँको प्रतिक्रिया ।