ट्राफिक प्रहरीलाई शिखर ईन्स्युरेन्स प्रालिको स्वास्थ्य सामाग्री सहयोग
कपन अनलाइन
काठमाडौ,जेष्ठ ५।
कोरोना महामारीको रोकथाम र नियन्त्रणमा जुटिरहेका ट्राफिक प्रहरीलाई शिखर ईन्स्युरेन्स प्रा.लि.ले स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।
महाशाखामा आज एक कार्यक्रमवीच शिखर ईन्स्युरेन्स प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भिम प्रसाद ढकाललाई उक्त स्वास्थ्य सामग्री हस्तान्तरण गरेका थिए।
महाशाखा प्रमुख ढकालले कोरोना भाइरसको जोखिमबाट बच्न नेपाल सरकारले लागू गरेको लकडाउनलाई कडाईका साथ पालना गराउन अग्रपङ्तिमा रही आम नागरिकको सेवा र सुरक्षामासक्रिय रूपमा खटिएको ट्राफिक प्रहरीलाईस्वास्थ्य सामग्रीले कोरोना संक्रमणको जोखिमबाट बच्नको लागि महत्वपूर्ण भुमिका खेल्ने बताएका थिए ।
उनले यस बिषम परिस्थितीमा ट्राफिक प्रहरीलाई थप हौसला प्रदान गर्न शिखर ईन्स्युरेन्स प्रा.लि.ले गरेको सहयोग एवम् सदभाव प्रति विशेष धन्यवाद दिएका थिए ।
सो अवसरमा प्रा.लि.का प्रमुख कार्यकारी अधिकृत पाण्डेले माहामारीको यस घडीमा नागरिकको सेवामा अहोरात्र खटिने ट्राफिक प्रहरीलाई संक्रमणको जोखिमबाटबच्न र काम गर्ने मनोबल थपउच्च हुने बिश्वासका साथ स्वास्थ्य सामग्री प्रदान गरिएको थियो ।
दैनिक सडकमा खटिँदा ट्राफिक प्रहरीले सवारी चेकजाँच गर्दा बिभिन्न किसिमका चालकहरु सँग भेट हुने भएकोले उनीहरु बढी संक्रमणको जोखिम न्युनिकरण गर्नका लागी महाशाखाले निरन्तर रुपमा मास्क, सेनिटाइजर, पिपिई, फेस सिल्ड, पञ्जा लगायतका सामाग्री सहयोग गरेको थियो।
उक्त ईन्स्युरेन्स प्रा.लि.बाट KN95 Mask १५०० थान, मेडिकल मास्क ५,००० पिस, चस्मा १५०० थान, फेस सिल्ड (भाईजर) १५०० थान, सेनिटाईजर लगायतका स्वास्थ्य सामग्री महाशाखालाई प्राप्त भएको महाशाखाका प्रवक्ता प्रहरी उपरीक्षक जिवन कुमार श्रेष्ठकाले जानकारी दिएका छन।