काठमाडौका प्रदेस सभा सदस्यहरु संग मुख्यमन्त्री डोरमणि पौडेलको बजेट केन्द्रित छलफल
कपन अनलाइन
काठमाडौं ,जेष्ठ ५।
बागमती प्रदेसका मुख्यमन्त्री डोरमणि पौडेलले काठमाडौं जिल्लाका प्रदेस सभा सदस्यहरु संग प्रदेस सरकारको नीति तथा कार्यक्रम र बजेटका वारेमा छलफल गरेका छन।
जिल्ला समन्वय समिति काठमाडौंको सभा हलमा दुई चरणमा भएको छलफलमा प्रदेस सरकारको आगामी बजेटमा प्राथमिकतामा राख्नु पर्ने क्षेत्र र नीति तथा कार्यक्रममा समावेस गर्नुपर्ने विषयहरुको वारेमा प्रदेस सभा सदस्यहरु संग छलफल गरिएको थियो।
छलफलमा मुख्यमन्त्रि पौडेलले नीति कार्यक्रम,बजेटका सिदान्त र बजेटका वारेमा जानकारी गराउदै प्रदेस सभा क्षेत्रमा भएका विकास निर्माण र अन्य योजनाहरुका वारेमा छलफल गरेका थिए।
सो अवसरमा प्रदेस सभा सदस्यहरुले आर्थिक वर्ष २०७७/७८ बजेटमा कृषि क्षेत्रलाई प्राथमिकतामा राख्नुपर्ने सुझाव दिएको उक्त छलफलमा बागमती प्रदेसका भौतिक पूर्वाधार विकास मन्त्री रामेश्वर फुयाल,मुख्य सचेतक केशव पाण्डे सहित काठमाडौं जिल्लाका प्रदेस सभा सदस्यहरुको सहभागिता रहेको थियो।
सो छलफल ११ देखि १ बजे सम्म पहिलो चरण र १ देखि ४ बजे सम्म दोश्रो चरणमा भएको थियो।