चन्द्रागिरी ६ को बाटोमा राखिएका अवरोधहरु हटाइयो

चन्द्रागिरी ६ को  बाटोमा राखिएका  अवरोधहरु हटाइयो

कपन अनलाइन

काठमाडौं जेठ ५। चन्द्रागिरी नगरपालिकामा कोरोना संक्रमित भेटिए संगै चन्द्रागिरी नगरपालिका वडा नं ६ को बिभिन्न स्थानमा मा बाटो अवरुद्द गरिएको थियो ,तर आज गृह मन्त्रालयले निर्देशन संगै सो स्थानमा राखिएको अवरोधहरु वडा कार्यालयको अनुरोधमा  स्थानीय र प्रहरीको सहयोगमा हटाइएको वडा अध्यक्ष संजय सिग्देलले जानकारी गराए।

उनले गृह मन्त्रालयले यस कठिन क्षणमा पनि सुरक्षा सतर्कताका नाममा अग्रपंक्तिमा रही अहोरात्र तोकिएका कार्यमा खटिरहेका स्वास्थ्यकर्मीहरुलाई घरबाट निकाल्ने, विभिन्न किसिमका दबाब दिने, आवगमनका क्रममा दुर्व्यवहार गर्ने, कानुन विपरितका कार्यहरु गरी निजहरुको मनोबल गिराउने, स्थानीय केही व्यक्तिहरुबाट स्वास्थ्य सतर्कताका नाममा बाटो बन्द गर्ने, टोल प्रवेशमा निषेध गर्ने, आवागमनमा पनि वाधा पुर्याउने, घरभाडामा बसिरहेका व्यक्तिहरुलाई विना कारण निकाल्ने लगायतका अत्यन्त अमानवीय कार्यहरु भैरहेकोप्रति यस मन्त्रालयको गम्भीर ध्यानाकर्षण भएको  जनाएको थियो ।’‘विश्वव्यापी महामारीका विरुद्ध लड्नको लागि हामी सवैले सामूहिक प्रयास गर्नुपर्नेमा एक आपसमा नै निषेधको बाटो अपनाउनु निश्चय पनि राम्रो होइन’ गृह मन्त्रालयले भनेको छ ।

तपाइँको प्रतिक्रिया ।