कागेश्वरी मनोहरा नगरपालिका भित्र एक घर एक ब्यक्तिको RD Test/PCR गर्ने योजना रहेको छ : नगर प्रमुख कृष्णहरि थापा

कागेश्वरी मनोहरा नगरपालिका भित्र एक घर एक ब्यक्तिको  RD Test/PCR गर्ने योजना रहेको छ : नगर प्रमुख कृष्णहरि थापा

कपन अनलाइन

काठमाडौं जेठ ५ । कागेश्वरी मनोहरा नगरपालिकामा नगर प्रमुख कृष्ण हरि थापाको अध्यक्षता मा स्वास्थ्य शाखा र वडा अध्यक्षहरु सम्मिलित  बसेको बैठक आइतबार  सम्पन्न भएको छ। उक्त बैठकले कागेश्वरी मनोहरा नगरपालिका भित्र    मिति २०७६ चैत्र ११ गते देखी Lockdown अवधि आज सम्म अग्रपंक्ति रही Covid 19 ले सृजना गरेको बिषम परिस्थितिमा नगरपालिका भित्र सेबा गर्ने जस्तै सरसफाईमा काम गर्ने कर्मचारी, स्वास्थ्य क्षेत्रमा काम गर्ने कर्मचारी, महिला स्वयसेबिका, नगर प्रहरी, निर्वाचित जनप्रतिनिध राहत बाढ्न खटिने पार्टी प्रतिनिधि, समाजसेबि, रेडक्रसका सदस्य र बिभिन्न संघ संस्थाका प्रतिनिधि समेत गरी मिति २०७७ जेष्ठ ५ गते देखी क्रमिक रूपमा RD Test र PCR Test गरी 66% RDT र 33% PCR गरी क़रीब १००० जनामा चेकजॉच गर्ने निर्णय भएको नगर प्रमुख कृष्ण हरि थापाले जानकारी गराए। त्यसै गरि उनेल सोहि बैठकले त्यसको नतिजा पछि आगामी योजना १ घर १ जनाको RD Test/PCR गर्ने  रहेको पनि   जानकारी गराए ।

तपाइँको प्रतिक्रिया ।