बन्दाबन्दी र म (बाल गीत )
कपन अनलाइन
काठमाडौं ,बैशाख २६/कृष्ण सुवेदी (भारद्वाज मित्र )
बालबालिकामा सकारात्मकता अभिबृद्धि गराैँ । उनीहरूलाई सिकाई, सूचना र मनाेरञ्जनका साथै याे अवस्थामा उनीहरूमा हाम्रा संस्कृतिका राम्रा कुरा बढिभन्दा बढी पुर्याउन प्रयास गराैं । परिवारसँग बिताउने उनीहरूकाे अमूल्य क्षणहरूलाई अर्थात् याे समयलाई सार्थक बनाअाैं । चूनाैतिलाई अवसरमा फेर्न प्रयत्न गराैं भन्दै केही गीतहरूकाे सिर्जना गर्न प्रयास गरिएकाे छ । साना साना कुराले दैनिक जीवनका अभ्यासमा ठूला प्रभाव पार्दछन् । यसै मेलाेमा साना नानी बाबुहरूका मन छाम्ने र यहाँ तिनै मसिना कुरालाई गीतमा उन्ने र समग्रमा बालापनलाई सुन्दर मालाका रूपमा प्रस्तुत गर्ने प्रयास हाे ।
(साताैं थुँगा)
हजुरबुबा साथ हिजाे
फूल गाेडेकाे
राम्रो राम्रो फूल हेर्दै
मैले साेधेकाे
किन बाबा झिलिमिली
फूल फुलेर
हामीलाई रमाइलाे
पार्छन् भनेर
फूल किन फुल्ने रैछ
मैले साेधेकाे
हाम्रालागि हैन अरे
फूल फुलेकाे
फल लाग्न सबै सबै
फुल्ने रहेछन्
त्यै फलमा बाेट बन्ने
बिज रहेछन्
काँडैकाँडा क्याक्टसमा
फूल कति दामी
क्याक्टसजस्तै काेराेनालाई
हेराैं अव हामी
(आठाैं थुँगा)
हजुर्माले भन्नुभाकाे
मैले सुनेकाे
धेरै धेरै कुराहरू
ऐले मिलेकाे
मान्छे मान्छे आपसमा
टाढै बस्नुपर्छ
नानी, बाबु टाढै राखनू
रुन्चे राेग सर्छ
कतैबाट आएपछि
आगाे पानी छुनू
अनिमात्र नानी बाबु
तिम्रा काख लिनू
घाम, अागाे माटाे अनि
हावा, पानी रे
पाँचै तत्व प्रकृतिका
पूजा गर्ने रे
पुराना ती हाम्रा कुरा
राम्रा रहेछन्
संसारले हाम्रा कुरा
अब बुझेछन्
(नवाैं थुँगा)
काेराेना नि सर्न सक्छ
सफा हुनु पर्छ
बारम्बार साबुनले
हात धुनु पर्छ
हात धुने आची धुने
हाम्रै चलन रे
पिसाव गरेपछि पनि
शुचि हुने रे
तीतेपाती कागतीले
हात धुने रे
क्यै नभए माटाेले नि
चाेख्याउने रे
हजुरबाले भन्नुभाकाे
ती पुराना कुरा
पुराणमा लेख्या छ रे
नीति थिति पूरा