जनप्रतिनिधि नै ठगिए पछी ग्यास कालोबजारी डिपो संचालकको पोल खुल्यो

जनप्रतिनिधि नै ठगिए पछी ग्यास कालोबजारी डिपो संचालकको पोल खुल्यो

कपन अनलाइन 

काठमाडौं ,बैशाख २६।

बुढानिलकण्ठ नगरपालिका वडा नं १० ह्याण्डबल चौर नजिक रहेको अमित ग्यास सप्लायर्स र राइनो एडियस इन्टरप्राइजेजका सञ्चालक अमितकुमार श्रेष्ठ पक्राउ परेका छन। नियमित तौलको ग्यास सिलिन्डरलाई विभिन्न गलत उपाय अपनाएर कम तौलको बनाएर उपभोक्ता ठगेको प्रमाणित भए संगै श्रेष्ठ पक्राउ परेका हुन्।

लामो समय देखि सो क्षेत्रमा ग्यास डिपोका सो क्षेत्रमा धेरै ग्राहक रहेका छन।विभिन्न कम्पनीका ग्यास सिलिन्डर बेच्दै आएका उनले कपन पश्चात अन्य स्थानमा पनि डिपो संचालन गर्दै आएका थिए। सो क्षेत्रको पुरानो र ठुलो ग्यास डिपो संचालन गर्दै आएका श्रेष्ठ अहिले ग्यासको सिलिन्डरमा १.७ देखि ७.५६ किलोसम्म ग्यास कम राखेर नक्कली सिल गरी कालोबजारी गरेको आरोपमा पक्राउ परेका हुन्।

१ सय  भन्दा बढी सिलिण्डर बेचिसकेका श्रेष्ठको डिपोमा खानतलासी गर्दा मापदण्ड विपरित  सिद्धार्थ नामको ४७ र गीता नामको २८ थान गरी जम्मा ७५ वटा ग्यासको सिलिन्डर बरामद गरिएको छ।

कम तौलको सिलिन्डर :

कसरी पक्राउ परे ग्यास कालोबजारी कालोबजारी श्रेष्ठ ?

ग्यास कालोबजारी श्रेष्ठले ठगेका सयौ ग्राहक मध्ये एक हुन् बुढानिलकण्ठ नगरपालिका वडा नं ११ कि सदस्य भगवती निरौला।सो वडाको शान्ति टोलमामा बस्दै आएकी उनले उक्त डिपो बाट ल्याएको ग्यास सिलिन्डर स्वाभाविक भन्दा कम तौलको महसुस गरे पश्चात सिलिन्डर जोखिएको थियो।

नगरपालिकाकी न्यायिक समिति सदस्य समेत रहेकी निरौलाले आफ्नो सिलिन्डरमा मात्र प्राविधिक गल्ति भएको हो कि सुनियोजित ठगि हो भन्ने पत्ता लगाउन टोलका अन्य सिलिन्डरहरुको पनि जाँच गरे पश्चात श्रेष्ठको कालो बजारी धन्दाको पोल खुलेको थियो।

त्यस्तै केहि दिन पहिला पनि केहि उपभोक्ता ग्यास कम भएको गुनासो लिएर गएका केहि ब्यक्तिहरुलाई ४ सय रुपैया फिर्ता दिएर कुरा मिलाएका ग्यास डिपो संचालक श्रेष्ठ उक्त टोलमा रहेका सबै घरका सिलिन्डर जोख्दा कम तौलको पाइएपछी कपन प्रहरी प्रभागमा उजुरी परे पश्चात पक्राउ परेका हुन्।

उजुरी परे पश्चात कपन प्रहरीले श्रेष्ठको ह्यान्डबल र वडा नं १३ मा रहेको डिपोमा छापा मार्दा कम तौलका ग्यास सिलिन्डर भेटिएका थिए।प्रहरीले घटनास्थलबाट कम तौलको ग्यास सिलिन्डरसहित ग्यास निकाल्न प्रयोग हुने फलामको पाइप,नक्कली सिलहरु बरामद गरेको थियो।

कम तौलका  सिलिण्डर सहित पक्राउ परेका श्रेष्ठलाई नापतौल कार्यालय काठमाडौंका निरीक्षक निराजन पुडासैनीले उक्त कसुरमा स्ट्यान्डर्ड नाप र तौल ऐन, २०२५ अनुसार तीन वर्ष कैद र ३० हजार मागदाबी गर्दै अदालतमा मुद्दा दायर गरिने जानकारी दिएका छन।

 

 

 

 

 

 

तपाइँको प्रतिक्रिया ।