विवाह संस्थाको इतिहास पढेपछि…

विवाह संस्थाको इतिहास पढेपछि…

कपन अनलाइन

काठमाडौं ,बैशाख १७/ गोविन्दशरण उपाध्याय पिएचडी

‘विवाह संस्थाको इतिहास’ नामककिताव विश्वनाथ काशीनाथ राजावाड़े (१८६३(१९२६, महाराष्ट्र, भारत) ले लेखेको निकै क्रान्तिकारी रचना हो । त्यस वेलाको भारतीय समाजको सांस्कृतिक तथा धार्मिक परिवेशमा विकासवादी दृष्टिकोण बाट अभिप्रेरित भएर हिन्दू विवाह संस्थाका सम्वन्धमा एसरी लेख्नु एउटा ठूलो क्रान्तिकारी कदम थियो । यो कितावको नेपाली अनुवाद गर्ने गोपीरमण उपाध्याय पुराना र स्थापित कम्युनिस्ट हुन् भने यो पुस्तकको विषयवस्तुमा आफ्ना समालोचनात्मक विचारहरू लेख्ने कम्म्युनिस्ट नेता मोहनविक्रम सिंह र विद्वान स्व. मदनमणि दीक्षितहरूका विचार पनि मननीय नै छन् ।
यो पुस्तकको पहिलो प्रकाशन महाराष्ट्रको कम्युनिस्ट पार्टीले गरेको थियो भने नेपालमा पनि यस पुस्तकको अनुवाद पुराना कम्युनिष्ट लेखकले गरेर प्रकाशन गराएका छन् ।

अचम्मको कुरा के हो भने पुस्तकका लेखक राजवाड़ेको साम्यवादीआन्दोलन वाविचारसँग कुनै प्रकारको वास्ता थिएन । यो तत्थ्य महाराष्ट्रका साम्यवादी विद्वान श्रीपाद अमृत डांगेले आफ्नो प्रकाशकीय भनाइमा प्रष्टसँग लेखेका छन् । तर यो किताव प्रकाशन गर्न र प्रचारप्रसार गर्न कम्युनिस्टहरूले विशेष पहल गरेको देखिन्छ किनभने उनका विचारमा यो पुस्तक झन्डै साम्यवादी विद्वान एंगेल्स को “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति” सरह बैज्ञानिक छ ।
प्राचीनकालमा महिला र पुरुषहरूको यौनजन्य क्रियाकलाप पशु सरह नै थियो । त्यसपछि मातृसत्तात्मक समाजको विकास भयो र तेसपछि सामन्त समाजको विकास र प्रभावसँगै विवाह संस्था र विवाह संस्थाका साथै महिलाहरूको नेतृत्व समाप्त भई उनी दासीहरूमा परिणित भए । पूँजीवादी युगले महिलाहरूलाई झन् दासत्वको भुमरीमा पार्यो ।

धर्म, सामन्तवाद र पूँजीवादमिलेर विवाह संस्थालाई बलियो बनाए साम्यवादी राज्यसत्ता स्थापित भएपछि महिलाले आफ्नो गौरव पुनःप्राप्त गर्ने छन् “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति” (१८९१) नामक एंगेल्सले लेखेको किताबको एकप्रकारको सार हुन्छ । विश्वभरिका साम्यवादीहरूका लागि यो किताव आजपनि “बाइबल“ सरह सर्वमान्य छ ।
माक्र्स, एंगेल्स, माओ, स्टालिनजस्ता कुनै पनि साम्यवादी नेताहरू विशुद्ध विज्ञानका विद्यार्थी थिएनन् तर विश्वका सबै साम्यवादीहरू आफ्नो सिद्धान्त “माक्र्सवाद”लाई विश्वको सबैभन्दा वैज्ञानिक सिद्धान्त मान्छन् । यसको अर्थ, महापण्डित मार्क्स , एंगेल्स, स्टालिन तथा माओ जस्ता विद्वान राजनीतिज्ञहरूले प्रतिपादन गरेका सिद्धान्त वा चिन्तनहरू निष्प्रभ छन् भन्ने कत्ति पनि होइन ।

मार्क्सवादी चिन्तनले विश्व चिन्तन जगतमा अभूतपूर्व प्रभाव र प्रभुत्वप्राप्त गरेको छ । यो निर्विकल्प तथा अन्तिम सिद्धान्त हो भनेर ठान्नेहरू जडबुद्धि हुन् ।
विद्वान स्व. मदनमणि दीक्षित बाहेकका भूमिका लेखकहरूले यो पुस्तकलाई मतव ठान्नुका केही कारण हुन सक्छन् :

१) यो पुस्तकले विवाह संस्थाको विकास हुनुभन्दापहिला मान्छेहरू पशुसरह यौनाचार गर्थे ।
२) यज्ञको विकास यौनक्रियाको सहजताकाक्रममाभएको हुनुपर्छ र प्राचीन समाजमा यौन “सबैले सबैसँग”थियो ।

३) बालबालिकाको बाबुकाविषयमाकेवलआमालाई थाहाहुन्थ्यो

४) प्राचीन समाज मातृसत्तात्मकथियो र

५)  परिवारको विकास भएपछि विवाह संस्थाको विकास भएको हो भन्नेसंग रहेको देखिन्छ ।साम्यवादीहरू मूलतःविवाह संस्थामा विश्वास गर्दैनन् ।

साम्यवादीका लागि विद्यमान विवाह संस्था दास युग, सामन्तवाद र पूँजीवादको अवशेष हो । विवाहले महिलालाई दासी तुल्याउँछ र पुरुषलाई शक्तिशाली बनाउँछ । तर साम्यवादीहरूले नारीहरूको लागि कस्तो सामाजिक परिवेशको कल्पना गरेको छ ? यो पुस्तकका अनुवादक र भूमिकाकारहरूले उत्तर लेखिदिएको हुन्थ्यो तर उत्तर भेटिन्न ।
आदिम साम्यवादी समाज, युथविवाह, सामन्त र पूँजीवादी वर्चस्वले महिलाहरूप्रति धेरै अन्याय मूलक प्रतिमाहरू जन्मायो होला तर नारीहरूका लागि “तत्कालीन मातृसत्ता मूलकप्रथा” राम्रो थियो भन्दै त्यसैलाई आदर्श बनाउँन मिल्दैन ।

तत्कालीन समाजको यौन व्यवहार कस्तो थियो ?भन्न सकिन्न तर यदि लेखक र भूमिकाकारहरूले भनेझैँ त्यस बेलाको पशुजस्तो यौन व्यवहार कथंचित पूर्ण साम्यवादी समाजका लागि पनि स्वीकार्य हुने छैन ।

विवाह संस्थाले वर्तमान विश्वका मान्छेहरूको यौन जीवन, पारिवारिक जीवन, सामाजिकजीवन, संस्कृतिक जीवन तथा आध्यात्मिक जीवनलाई धेरै सजिलो र न्यायमूलक बनाएको छ । एउटी स्त्रीले अनेकौं पुरुषहरूबाट बलात्कृत हुनु पर्दैन भने पुरुषहहरूले पनि यौनाचारका लागि स्त्री ताक्दै हिड्नु परेको छैन । पुरुष वा महिलाले यौनका लागि प्रतिष्पर्धा गर्नु परेको छैन । ऋग्वेदमा विवाह संस्थाको प्रष्टसंग उल्लेख छ । दशौँ मण्डलमा विवाहगर्दा पतिपत्नीले पालन गर्नु पर्ने कर्तव्य वावचनहरू अग्नी साक्षिराखेर प्रतिज्ञा गर्ने व्यवस्था छ । विश्वका हरेक संस्थाहरूले फरक फरक तवरले विवाहसंस्थालाई स्वीकार गरेका छन् । यदि विवाह संस्था यति विध्न पाशविकता पूर्ण थियो भने एसको धेरै पहिले अन्त्य हुने थियो ।

राजवाड़ेले विवाह संस्थाको विकासको परिचर्चा गर्दै प्राचीन कालमा यौनाचार सहजथियो र त्यसैलाई व्यवस्थित गर्न वर्तमान विवाह संस्थाको विकास भएको भन्ने धारणा राखेका छन् तर उनले कहीं पनि वर्तमान विवाह संस्थालाई अस्वीकार गरेका छैनन् ।

नारीहरूको पक्षमालेखेका छन् तर यौन स्वच्छन्दवादी साम्यवादको कल्पना गरेका छैनन् । आजको विवाह संस्थाले समाजलाई सुसभ्य तथा विश्वसनीय बनाएको छ । विवाह संस्था नारी तथा पुरुष दुबैका लागि समान रूपमा स्वीकार्य छ । विवाह पुरुषको मात्रै होइन महिलाको पनि हुन्छ । पुरुष र महिलालाई एकठाउँमा उभ्याएर मान्छे मानवीय जीवन जीउने कला विवाह संस्थाकै कारण विकसित भएको हो ।

विवाहले विवाहित दम्पत्ति यौन जीवनको आनन्द लिने स्वतन्त्रता प्रदान गर्छ भने एक अर्काप्रति समर्पित हुन, मानसिक, आध्यात्मिक र भौतिक सहयोग गर्न र मिलेर सन्तान हुर्केएर पुस्तान्तरण गर्न पनि सिकाउँछ । पुरुष र महिलादुवै विवाह संस्था प्रति उत्तरदायी हुने हुँदा विवाहलाई पुरुषले विकास गरेको भन्ने एंगेल्सका विचारहरू स्वीकार्य छैनन् ।

विवाह संस्था प्रति अविश्वास जन्माउने प्रयत्न गर्नु भनेको पुनश्च आदिम साम्यवादी असभ्य समाज र युथ समाजको स्वेच्छाचारी यौन जीवनलाई आदर्श ठान्ने प्रवृत्तिलाई प्रोत्साहित गर्नु हो । यसले नारीहरूको चरम अपमान मात्र हुँदैन, मानव समाजकै अपमान हुन्छ । आजको समाज “परिवार, व्यक्तिगत सम्पत्ति र राज्यको उत्पत्ति”को आदर्शमा हिड्न सक्दैन नभविष्यको समाजले एसलाई स्वीकार नै गर्छ ।
नेपाली कम्युनिष्टहरू एउटा अचम्मको विचारले मानसिक तहमा राज गरेको छ – आफ्ना मौलिक प्रतिमान, चालचलन, संस्कृति तथा शास्त्रहरू सबैको “द्वन्दात्मक भौतिकवाद”को सेनेटाइजरमा चोवले मात्र चोखिन्छन् अन्यथा यी सबै खराब हुन् ।

विवाह संस्था र धर्म प्रतिउनको चिन्तनले अन्ततः मार्क्सवादलाई नै संसार बाट पलायन तिर उभ्याएको छ । मार्क्सवादीहरूको एउटा विश्वव्यापी प्रवृति देखिन्छ – यदि कुनै व्यक्तिवा समाजले परम्पराको (असल नै भएपनि आलोचना गर्छ (मुस्लिम, इसाईको बाहेक) त्यसको तुरुन्त स्वामित्व लिन्छ । विवाह संस्थाको इतिहासको सन्दर्भमा पनि यही भएको हो भन्न सक्छु ।

हामी नेपालीहरूको आदर्श वेद, उपनिषदहरू हुन् । वेद तथा उपनिषद् कुनैले पनि स्वेच्छाचारी यौन जीवनको लागि स्वीकृति दिदैनन् । यदि राजवाड़ेले भनेझैं वैदिक समाज स्वेच्छाचारी थियो भने वेदमा विवाह सूक्त हुनेनै थिएन । राजवाडे र एंगेल्स दूवैले फ्राईडको चस्मा लगाएर महिलालाई बुझ्ने प्रयत्न गरेको हुँदा नकारात्मक छन् । वेद, स्मृति तथा महाभारत– बाट उदाहरण र घटनाहरू झिकेर, ती घटना र कथाहरूकाआधारमा वैदिक विवाहको व्याख्या गर्नु र अहिलेको वैवाहिक संस्कारहरूलाई नितान्त मानवीय भौतिक विकाससँग जोड्ने राजवाड़ेको कलम अत्यन्त साहसिक छ । वैदिक संस्कृतिले आफ्नो बौद्धिक समालोचना गर्ने स्वतन्त्रताको प्रयोग गर्ने उनको दृष्टिकोणप्रति मेरो उच्च सम्मान छ ।साभार :कपन बानेश्वर साहित्यिक साप्ताहिक 

तपाइँको प्रतिक्रिया ।