जि.पि.फाउण्डेशन बुढानिलकण्ठले आज विशेष बहस कार्यक्रम गर्ने

जि.पि.फाउण्डेशन बुढानिलकण्ठले आज विशेष बहस कार्यक्रम गर्ने

कपन अनलाइन

काठमाडौं ,बैशाख १४ ।

गिरिजा प्रसाद कोइराला( जि.पि.फाउण्डेशन ) बुढानिलकण्ठ नगरसमितिको आयोजनमा स्थानीय सरकारको तयारी र महमारी पछिको अर्थव्यवस्था शिर्षकमा विशेष बहस कार्यक्रम सञ्चालन गर्न लागिएको समितिका संयोजक नवराज भट्टराइले बताएका छन ।

पूर्व अर्थमन्त्री समेत रहेका डा. रामशरण महत संघिय सांसद गगन कुमार थापा, प्रदेश सांसद कुशुम कुमार कार्की तथा अर्थविद डा.विश्व पौडलले उक्त बहसमा सहभागीता जनाउने समेत उनले बताए ।

स्थानीय निकाएको भुमिका र उसको सक्रियता बाट मात्रै महामरी पछिको अवस्थालाई थेग्न सक्ने भएकाले उक्त विषयहरुमा विज्ञहरुको छलफल मार्फत केहि महत्वपूर्ण विषयहरुको उठान गर्ने र त्यसलाई प्रभावकारी रुपमा स्थानीय सरकारहरुले कार्यान्वय गर्ने वातावरण बनाउन सकियोस भन्ने उद्येश्यले बहस आयोजना गरिएको कार्यक्रमका मोडेटर समेत रहेका काँग्रेसका  युवा नेता  बद्रि भट्टराईले बताए ।

उनले कार्यक्रममा सम्भव भए सम्म स्थानीय निकाएका प्रतिनिधीहरुले सहभागीता जनाउन अनुरोध समेत गरेका छन । बहस कार्यक्रम आइतबार बेलुका ६ देखी ७ बजे सम्म फेशबुक पेज मार्फत हेर्न र सुन्न सकिनेछ ।

तपाइँको प्रतिक्रिया ।