ओखलढुंगाका सहिद खगेन्द्रराज दाहालका पिता डिल्ली प्रसाद दाहालको निधन

ओखलढुंगाका सहिद खगेन्द्रराज दाहालका पिता डिल्ली प्रसाद दाहालको निधन

कपन अनलाइन

काठमाडौं ,बैशाख १३।

नेपालको प्रजातान्त्रिक आन्दोलनका अगुवा  ओखलढुंगाका  सहिद खगेन्द्रराज दाहालका पिता डिल्लीप्रसाद दाहालको ८९ वर्षको उमेरमा निधन भएको छ । दाहालको गंगालाल अस्पतालमा उपचारका क्रममा आज बिहान निधन भएको हो ।

बुढानिलकण्ठ नगरपालिका वडा नं १२ मुस्कान चोकमा बस्दै आएका  स्वर्गीय दाहालको आजै पशुपती आर्यघाटमा  गरिएको अन्त्यष्टि पूर्व मन्त्री होमनाथ दाहाल, पूर्व सांसद रामहरि खतिवडा, नेपाली कांग्रेसका नेता बालकृष्ण दाहाल, कांग्रेस ओखलढुंगाका सभापति प्रदीप सुनवार  ओखलढुंगाका सासंद यज्ञराज सुनवार लगायतको उपस्थितिमा  नेता कार्यकर्ताले स्वर्गीय दाहालको पार्थिव शरीरमा नेपाली कांग्रेसको झण्डा ओडारएर अन्तिम श्रद्धाञ्जली व्यक्त गरिएको थियो  ।

पञ्चायत सरकारले व्यवस्था विरोधी आन्दोलनमा सक्रिय रहेको भन्दै स्वर्गीय दाहालका छोरा सहिद खगेन्द्र सहित लिलानाथ दाहाल, ठगिराज दाहाल र गोकर्ण बहादुर कार्कीलाई २०३१ सालमा एकैदिन गोली हानी हत्या गरिएको थियो ।

उनिहरुलाई सेन्ट्रल जेल र भद्रगोल जेलबाट ललितपुरको नख्खुमा लगेर गोली हानी हत्या गरिएको थियो । चारै जना सहिद ओखलढुङ्गाको एउटै गाउँ बरुणेश्वर रामपुरका हुन् ।

तपाइँको प्रतिक्रिया ।