बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

बुढानिलकण्ठ नगरपालिका वडा नं ९ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न

कपन  अनलाइन

काठमाडौं,बैशाख १२। बुढानिलकण्ठ नगरपालिका वडा ९ मा आकस्मिक रक्तदान कार्यक्रम सम्पन्न भएको छ । सन्दिप देउवा / गौरब कार्की स्मृति समाजले बैशाख १२ गते बुढानिलकण्ठ नगरपालिका वडा नं ९ रामचा चोकमा रक्तदान कार्यक्रम सम्पन्न भएको हो। रक्त संचार केन्द्रको प्राबिधिक सहयोगमा भएको सो रक्तदान कार्यक्रममा ४३  जनाले रक्तदान  गरेका थिए ।

 जारी लकडाउनका कारण रगतको अभाव भैरहेका अवस्थामा यसको अभावलाई पूर्ति गर्न उक्त  रक्तदान कार्यक्रम आयोजना गरिएको आयोजक संस्थाले बताएको छ ।कोरोना (covid- 19) को कारण विश्वलाई जटिल बनाएको छ।.त्यसको जटिल असर अन्य रोग संग लडिरहेका बिरामीहरुमा पर्न थालेको छ। त्यसको मुख्य कारण हो, रगत बैंकमा रगतको अभाव। अहिले लागु गरिएको ‘लक डाउन ’को कारण यो समय रक्तदान गर्न असम्भव जस्तै छ । त्यहि  लकडाउन सँगै रगको अभाव भएको अवस्थामा मानवीय सहयोगलाई दृष्टिगत गर्दै रक्तदान कार्यक्रम आयोजना गरेको र त्यसलाई  बिभिन्न  संघ संस्थाले पनि सहयोगी भूमिका खेलेको आयोजकले बताएका छन ।

लक डाउनको बेला खुल्ला रक्तदान कार्यक्रम आयोजना गर्न जोखिम रहे पनि  सामाजिक दुरी कायम गरि रक्तदान कार्यक्रम सफलता पुर्वक सम्पन्न  भएको छ। काठमाडौं क्षेत्र नं ४ का  सांसद गगन थापा सहित नेपाल मेडिकल काउन्सिलका अध्यक्ष लोचन कार्की, वडा अध्यक्ष राजेन्द्र सापकोटा, नेकपा नगर कमिटि सदस्य राम देवकाटा साथै नेपाली कांग्रेस बुढानिलकण्ठ वडा नं ९ का सभापती, शंकर आचार्य, कम्युनिटी केयर नेपालका अध्यक्ष बिजेन्द्र श्रेष्ठ लगायतको उपस्थित रहेको थियो।

 

तपाइँको प्रतिक्रिया ।