गोकर्णेश्वर ८ को नि:शुल्क भोजन अभियानमा लाइन्स क्लब अफ काठमाडौं आशापुरेश्वरका प्रेसिडेन्ट लायन सुदिप हमालको साथ
कपन अनलाइन
काठमाडौं बैशाख १२। गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा सहयोगी दाताहरुको सहयोग मा शुरु गरिएको विपन्न तथा मजदुरहरुलाई निशुल्क भोजन गराउने अभियानमा लायन्स क्लब अन्तर्राष्ट्रिय ३२५ बी २ अन्तर्गतको लाइन्स क्लब अफ काठमाडौं आशापुरेश्वरका प्रेसिडेन्ट लायन सुदिप हमालले सहयोग गरेका छन।कोरोना भाइरस (कोभिड १९) महामारी रोकथामको लागि नेपाल सरकारले अंगिकार गरेको लक डाउन नीतिको कारण असहाय, अपांग, फरक क्षमता भएका व्यक्तिहरू तथा ज्यालादारी गरी गुजारा चलाउने व्यक्तिहरु समस्यामा पर्न गई दैनिक खाना खान समेत मुस्किल परेको बिषम परिस्थितिमा त्यस्ता ब्यक्तिहरुको लागि निशुल्क खानाको लागि सहयोग पुगोस भन्ने हेतुले सहयोग गरेको प्रेसिडेन्ट सुदिप हमालले कपन अनलाइनलाइ बताए ।
उनले गोकर्णेश्वर नगरपालिका वडा नं ८ मा सहयोगी दाताहरुको सहयोगमा दैनिक बिहान र बेलुका गरि हजार जना जातिलाई निशुल्क खाना खुवाउदै आएको छ, सोहि अभियानमा केहि भए पनि सहयोग पुगोस भनेर ५ बोरा चामल सहितको खाद्यान्न सहयोग गरेको बताए। त्यसै गरि क्लबको तर्फ बाट नै चामुण्डा माबी मा पनि ५ बोरा चामल सहितको खाद्यान्न सहयोग गरेको बताए। त्यहा पनि दैनिक करिब ७ सय जना जति लक डाउन प्रभावितहरुलाई निशुल्क खाना खुवाइदै आएको छ । लायन्सको मर्मनै सेवा गर्ने भएको हुँदा बिपतमा आफु र क्लबले सकेको सहयोग गरेको बताउदै आगमी दिनमा पनि सहयोग गर्ने बताए।
सरकारले लक डाउनको अवधि लम्ब्याउदै जाँदा दैनिक ज्यालादारी गर्ने श्रमिकहरु मारमा परेका न उनीहरु आफ्नो घर फर्कन पाएका छन् न त पर्याप्त राहत नै यस्तो अवस्थामा बिभिन्न सहयोगी दाताहरुको सहयोगमा तयारी खाना खुवाउने अभियानको प्रसंशा गर्दै यस बाट बास्तविक पिडितहरु लाभान्वित भएको बताए । उनले सो कार्यमा आफुहरुले सहयोग गर्न पाउदा खुसि लागेको पनि उनले बताए । उनि भन्छन ‘सामाजिक संस्थामा आवद्द हुनु भनेकै समाजमा आइपर्ने विपद दुखमा सेवा गर्नु हो मानवीय सेवा बाट प्राप्त सन्तुष्टि नै ब वास्तवमा धर्म हो ‘ । उनले यस्तो बेलामा हरेक नागरिकले आफ्ना निहित स्वार्थहरुलाई सिमित गर्दै केवल मानव समुदायको हितको लागि कार्य गर्ने अवसरको रुपमा बुझ्नुपर्नेमा जोड दिदै दिएका छ।अभियानमा जोडिएको मा खुसि ब्यक्त गर्दै गोकर्णेश्वर नगरपालिका वडा नं ८ का वडा अध्यक्ष मनोजकुमार ढुंगानाले लायन्स क्लब अफ काठमाडौं आशापुरेश्वर सहित क्लब प्रेसिडेन्ट लायन सुदिप हमाललाइ धन्यवाद दिएका छन ।