काठमाडौं महानगरपालिका वडा नं ६ मा लकडाउन बाट प्रभावित बिपन्न श्रमिकहरुलाई राहत वितरण
कपन अनलाइन
काठमाडौं बैशाख १२ ।काठमाडौँ महानगरपालिका ६ ले बौद्ध तथा त्यस आसपास क्षेत्रका विपन्न परिवारलाई राहत वितरण गरेको छ । दैनिक ज्याला मजदूरी गरी जीवन निर्वाह गर्ने नागरिक लकडाउनका कारण काम नभएर भोकै बस्न बाध्य भएपछि उनीहरुलाई खाद्य सामग्री वडाद्वारा प्रदान गरिएको हो ।बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाको उपस्थितिमा राहत वितरण गरिएको थियो।
काठमाडौं महानगरपालिका वडा नं ६ को अलौकिक मार्ग, चुच्चेपाटी, महांकाल,भुवाल डाँडा, तीनचुले ,बौद्ध, शान्तिनगर आसपास राहत वितरण गरिएको वडा सदस्य जयराम पुडासैनीले बताए।महानगरपालिकाको बैठकले राहत वितरण गर्ने निर्णय गरे संगै वडाले नियम बनाएर वडाध्यक्षको संयोजकत्वमा राहत वितरण समिति गठन गरी स्थानीय टोल सुधार समितिसँग सहकार्य र समन्वयमा राहत वितरण गरिएको वडा अध्यक्ष दिपेन्द्र लामाले बताए । श्रमिकको तथ्याङ्क संकलन सहित राहत वितरणको निर्देशन लगत्तै सबै वडाले राहत विरणको काम सुरु गरेको र लक्षीत वर्गका परिवारको सङख्याको आधारमा चामल, दाल, तेल, नुन लगायतका सामग्री वितरण गरिएको पनि बताए ।
उनले हिजो र आज गरि ११ सय ९५ जनालाई राहत वितरण गरिएको बताए। उनले विश्व ब्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड-१९) को संक्रमणलाइ फैलन नदिन र यसको रोकथाम र नियन्त्रण गर्न नेपाल सरकारले जारि गरेको लक डाउन बाट अत्यावश्यक बाहेकका सबै सेवा बन्द रहेको ,मानिसहरुलाई अत्यावश्यक काम बाहेक घर बाहिर निस्कन रोक लगाइएको अवस्थामा काठमाडौं महानगरपालिका वडा नं ६ मा बसोबास गर्ने असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग, असहाय र अति बिपन्न ,अशक्त परिवारको पहिचान गरि बास्तविक पिडितलाइ वडा कार्यलय बाट सम्पर्क गरि सुरक्षित तरिकाले सामाजिक दुरी कायम गरि राहत वितरण गर्दै आएको बताए। उनले सो कार्यमा सहयोग पुर्याउने सबैलाई धन्यबाद दिएका छन ।
त्यसै गरि बागमती प्रदेशका प्रदेश सभा सदस्य माननीय छिरिंग दोर्जे लामाले अहिले एकले अर्काको लागि सहयोग गर्ने समय रहेको र यसको मर्म बुझेर आवश्यक पर्नेले मात्र राहत र सहयोग लिनका लागि सबैलाई अनुरोध गर्दै केहि ठाउमा राहतलाई अधिकार ठानेर माग गर्ने प्रवृति बढेकोमा दुख व्यक्त गरेका छन। उनले अहिलेको विषम परिस्थितिमा एकले अर्को लाइ सहयोग गर्नु पर्ने पनि बताए । उनले सुरक्षित समाज निर्माणको लागि घरमै बसेर सहयोग गर्न पनि अनुरोध गरेका छन ।