लकडाउनमा पनि आंशिक सेवा दिदै गोकर्ण साकोस

लकडाउनमा पनि आंशिक सेवा दिदै गोकर्ण साकोस

कपन अनलाइन

काठमाडौं बैशाख ८। विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमण नियन्त्रण तथा रोकथामका लागि सरकारले नेपाल भर गरेको लकडाउन प्रभाव सहकारी क्षेत्रमा पनि परेको छ ।लकडाउनलाई कार्यान्वयन गर्दै  अन्य सहकारी संस्थाहरु बन्द भएको अवस्थामा गोकर्णेश्वर नगरपालिका वडा नं ४ माकलबारीमा संचालित  गोकर्ण बचत तथा ऋण सहकारी संस्थाले  चैत्र १८ गते आंशिक रुपमा सेवा संचालनमा ल्याइ रहेको छ  ।

संकटको समयमा सहकारीको सेवा बन्द गर्दा सदस्यहरुको जनजीवन प्रभावित हुने भएकाले सुरक्षात्मक उपाय अपनाएर आंशिक रुपमा सेवा सुचारु गरेको  गोकर्ण बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष रोशन बाबु श्रेष्ठले बताए। उनले हरेक दिन बिहान ७ बजे देखि ८ बजे सम्म सेवा सुचारु गरेको बताए  ।गोकर्ण बचत ऋण तथा ऋण सहकारी संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत  लक डाउनका कारण प्रभावित भएका दैनिक ज्याला मजदुरी गर्ने  श्रमिकहरुलाई राहत समेत वितरण गरेको थियो ।

सेवा केन्द्र बाट समेत  सेवा प्रदान गर्दै आएको गोकर्ण साकोसले सदस्यहरुलाई अति आवश्यक खाद्यन्न तथा उपभोग्य वस्तु खरीद, औषधी उपचार खर्चका लागि अति आवश्यक भएको खण्डमा रकम उपलब्ध गराउने व्यवस्था गरेको समेत अध्यक्ष श्रेष्ठले बताए ।असहज र बिषम परिस्थितीमा स्थानीय प्रसाशनसंग समन्वय गरी सहकारीले विभागको निर्देशनको पालना गर्दै आंशिक सेवा प्रदान गर्दै  आएको बताए। लकडाउन अवधिमा अन्य समय  कार्यालय बन्द भएता पनि सदस्यहरुको  माग बमोजिम सिमित रकम उपलब्ध गराइरहेको पनि बताए ।

तपाइँको प्रतिक्रिया ।