मेलम्ची नगरपालिकामा बाहिरी जिल्ला बाट तरकारी आयात बन्द

मेलम्ची नगरपालिकामा बाहिरी जिल्ला बाट तरकारी आयात बन्द

कपन अनलाइन

सिन्धुपाल्चोक ,बैशाख ९।

मेलम्ची नगरपालिकाले बाहिरि जिल्ला बाट आयात गरिने तरकारीलाई रोक्ने निर्णय गरेको छ। कोरोना कोभिड प्रकोपको संक्रमण बाट बच्नका लागि बाहिरी जिल्ला बाट तरकारी आयात रोक्दै स्थानीय किसानहरुले उत्पादन गरेको तरकारी खरिद गर्न अनुरोध गरिएको छ ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत कुमार कोइरालाले एक सुचना जारी गर्दै वर्तमान समयमा कोरोना भाइरस तरकारीका माध्यम बाट आउन सक्ने खतरा रोक्न र स्थानीय उत्पादन प्रवर्धन गर्न यो निर्णय गरिएको उल्लेख गरिएको छ ।

तपाइँको प्रतिक्रिया ।