काठमाडौं – ७ लाई श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको खाद्यान्न सहयोग

काठमाडौं – ७ लाई श्री पशुपति भण्डारेश्वर धार्मिक सेवा समितिको खाद्यान्न सहयोग

कपन अनलाइन

काठमाडौं ,बैशाख ८।

काठमाडौं महानगरपालिका वडा नं ७ लाई  श्री पशुपति भण्डारेश्वर धार्मिकसेवा समिति सिफलले खाद्यान्न सहयोग गरेको छ।

श्री पशुपति भण्डारेश्वर धार्मिकसेवा समिति सिफलले का.म.पा.वडा नं.७ लाई राहतकाे लागि ८० बाेरा चामल र १० बाेरा दाल वडा नं ७ का अध्यक्ष शुद्ध डंगोललाई हस्तान्तरण गरेको थियो ।

समितिका अध्यक्ष रमेस महर्जन सहितको समुहले गरेको सो सहयोग ग्रहण गर्दै वडा अध्यक्ष डंगोलले यस्तो विषम परिस्थितिमा निकै महत्वपूर्ण सहयोग गरेकोमा समितिलाई आभार व्यक्त गरेका थिए।

अध्यक्ष डंगोलले वडाका मनकारी व्यक्तित्व र संघ संस्थाहरु संग सहयोगको आग्रह गर्दै वडावासीलाई सचेत र सजग बन्नका लागि अपिल गरेका छन।

तपाइँको प्रतिक्रिया ।