काठमाडौं महानगरपालिका वडा नं १५ मा ४६ जनाको RDT परिक्षण

काठमाडौं महानगरपालिका वडा नं १५ मा  ४६ जनाको RDT परिक्षण

कपन अनलाइन

काठमाडौं ,बैशाख ६।

काठमाडौं महानगरपालिका वडा नं १५  काे सामुदायिक स्वास्थ्य परिषद् परिसरमा ४६ जनाकाे काेराेनाकाे Rapid Diagnostic Test (RDT) परीक्षण भएकाे छ।

काठमाडाैं महानगरपालिकाकाे संयाेजनमा १५ वडाकाे सक्रियतामा हालसालै विदेशबाट आएका व्यक्तिहरुकाे टेष्ट गरिएकाे हाे । उक्त टेष्टमा सबैलाई हाैसला दिनकाे लागि काठमाण्डाै महागरपालिकाका प्रवक्ता एवं १५ वडा अध्यक्ष ईश्वरमान डंगाेलज्यूले पनि आफ्नाे काेराेना टेष्ट गरेका थिए।

स्वास्थ्य सेवा बिभागबाट ईपिडमियाेलाेजी तथा राेग नियन्त्रण महाशाखाका पिताम्बर पन्त, राजेन्द्र खड्का, बुद्ध रत्न महर्जन, फणेन्द्र ज्ञवालिलगायतका ल्याव टेक्निसियन अफिसरहरुबाट टेष्ट  गरिएको हो ।

वडा नं १५ का   अध्यक्ष डंगाेलका अनुसार अहिलेसम्म वडावासिहरुकाे सहयाेगका कारण वडा सुरक्षित भएकाे र आगामि दिनहरुमा पनि लकडाउनकाे पालना गरि वडालाई अझ सुरक्षित बनाउनमा मद्दत गर्न लकडाउनकाे पालना गरि घरमै बसिदिनुहुन आग्रह गरेका छन ।

तपाइँको प्रतिक्रिया ।