बुढानिलकण्ठमा स्थायी वसोवास गर्ने स्वास्थ्यकर्मीहरु सक्रिय ,नगर स्वास्थ्य सल्लाहकार समिति गठन

बुढानिलकण्ठमा स्थायी वसोवास गर्ने स्वास्थ्यकर्मीहरु सक्रिय ,नगर स्वास्थ्य सल्लाहकार समिति गठन

कपन अनलाइन 

काठमाडौं ,बैशाख ६।

बुढानिलकण्ठ नगरपालिकामा स्थायी वसोवास गर्ने डाक्टर ,नर्स तथा स्वास्थ्य क्षेत्रमा क्रियाशील व्यक्तित्वहरुको भेलाले स्वास्थ्य  सल्लाहाकार समिति गठन गरेको छ।

बागमती प्रदेशका प्रदेस सभा सदस्य दिपक निरौलाको अध्यक्षतामा भएको भेलाले डा .शिव कुमार राइको संयोजकत्वमा नेपाल प्रहरीका AIG डा.आशा सिंह ,डा .मधु देवकोटा ,नर्सिङ परिषदका पुर्व रजिस्टार इश्वरी खनाल ,नर्सिङ एसोसियसनका पुर्व उपाध्यक्ष अप्सरा पाण्डे रहेको सल्लाहकार समिति गठन गरेको हो।

कोरोना प्रकोप विरुद्धको अभियानमा अहिले प्रकोप नियन्त्रण र रोकथामको पहिलो मोर्चा मा रहेका स्वास्थ्यकर्मीहरुको अनुभव,ज्ञान  परामर्श र योगदान स्थायी वसोवास गर्ने नगरपालिकामा उपयोग गर्ने उदेश्यका साथ् आयोजना गरिएको भेलामा बागमती प्रदेस सभा सदस्य भीमसेन खत्री , प्रदेस सभा सदस्य सिता लामा ,बुढानिलकण्ठ नगरपालिका प्रमुख उद्दव खरेल ,उप प्रमुख रमा राई सहित करिव ३० जना स्वास्थ्यकर्मीहरुको उपस्थिति रहेको थियो।

सल्लाहकार समितिले नगरपालिकामा कार्यरत रहेका स्वास्थ्यकर्मीहरुको शिप तथा दक्षता अभिवृद्धिका लागि सोमवार र जनप्रतिनिधि तथा सरसफाईकर्मीहरुका लागि बुधवार २ बजे देखि ४ बजे सम्म दुई घण्टा तालिम  को आयोजना गरेको समितिका संयोजक डा. शिवकुमार राईले जानकारी दिएका छन।

विषम परिस्थितिमा नगरपालिकामा स्थायी बसोवास गर्ने स्वास्थ्यकर्मीहरुले संगठित र औपचारिक रुपमा सहयोग गर्न देखाएको अग्रसरता प्रति धन्यवाद दिदै प्रदेस सभा सदस्य निरौलाले प्रकोपको वेला गठन भएको समिति नगरपालिकाको बौद्धिक पुजी भएको धारणा राखेका थिए।

त्यस्तै टोखा नगरपालिकामा पनि यस्तै समिति गठन हुने जानकारी गराउदै निरौलाले प्रकोप विरुद्धको अभियानमा  उक्त समितिको पहलले जनप्रतिनिधि ,सुरक्षाकर्मी र स्वयंसेवकको मनोवल बढाउन सहयोग पुग्ने सहभागी सबैलाई धन्यवाद दिएका थिए।

त्यस्तै भेलामा बुढानिलकण्ठ नगरपालिकाका प्रमुख उद्दव खरेलले प्रकोप नियन्त्रण तथा रोकथाम भएका पहलहरुका वारेमा जानकारी गराउदै नगरमा स्थायी वसोवास गर्ने स्वास्थ्यकर्मिहरुले देखाएको सक्रियता र सदासयता प्रति आभार व्यक्त गरेका थिए।

तपाइँको प्रतिक्रिया ।