मेरो देश दुखेको छ (कविता )

मेरो देश दुखेको छ (कविता )

कपन अनलाइन

काठमाडौं,बैशाख ५ /यशराज गौतम

सडकमा चौपायको घाँटी सम्म सुकेको छ ।
डिउटिमा जवानको लाठी पनि उठेको छ ।
चारै तिर बज्दैछन आफ्ना आफ्नै डम्फु
तर कसले देख्छ हेर मेरो देश दुखेको छ ।

 

मेरो देश ठप्प छ मानौ घडी पनि रुकेको छ ।
उधोगधन्ना उब्जनिको मुल सबै सुकेको छ ।
यो बिपत्तिको मूल्य कति चुकाउनु पर्ला
तर कसले सघाउछ मेरो देश दुखेको छ ।

 

भोक अघि शिर पनि हात सँगै झुकेको छ ।
परदेशमा आँसु पनि पिडा सँगै लुकेको छ ।
कठोर मन पार्दै छोरा ढाडस बाढ्दै होला
बाबा अहिले धैर्य गर्नु मेरो देश दुखेको छ ।

 

मान्छेहरु मौका छोपी मान्छे बन्न चुकेको छ ।
गरिवलाई चुस्ने जुका फुट्ने गरि फुकेको छ ।
आज उसको पालो भए भोलि मेरो आउला
तर कसले बुझ्छ हेर मेरो देश दुखेको छ ।

सिमानामा बेघर भई फिर्ने बाटो ढुकेको छ ।
ज्यानको पनि भय छोडी जङ्गलमा सुतेको छ ।
मुलुक भरि अस्तब्यस्त भोगेका छन सबले
तर कसले भन्लान कठै मेरो देश दुखेको छ ।

(कवि बुढानिलकण्ठ नगरपालिका वडा नं ११ का स्थाई बासिन्दा का साथै सामजिक अभियन्ता पनि हुन्। )

तपाइँको प्रतिक्रिया ।