आरडिटी (RDT ) मा पोजेटिभ भएकी बूढानिलकण्ठ निवासी महिलाको पिसिआर नतिजा नेगेटिभ

आरडिटी (RDT ) मा पोजेटिभ भएकी बूढानिलकण्ठ निवासी महिलाको पिसिआर नतिजा नेगेटिभ

कपन अनलाइन

काठमाडौं ,बैशाख ५।

बुधवार बूढानिलकण्ठ नगरपलिका वडा-८ को स्वास्थ्य चौक्कीमा  आरडिटी टेस्ट गर्दा पोसिटिव देखिएकी महिलाको पिसिआर परिक्षण गर्दा नेगेटिभ  आएको जन स्वास्थ प्रमुख कुमार दाहालले जानकारी दिएका छन  ।

गत बुधवार गरेको आरटिडी  टेस्टमा पोजिटिव देखिएको पछी स्वाब संकलन र थप पिसिआर परिक्षण गर्नका लागी शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा लागि लगिएको थियो । बूढानिलकण्ठ नगरपलिका वडा-९ निवासी महिलाको स्वास्थ्य सामान्य रहेको र आज अस्पतालले डिस्चार्ज गर्ने तयारी गरेको समेत  दाहालले बताए ।

साथै भोली आरटिडी टेस्ट बूढानिलकण्ठ नगरपालिका वडा -३ मा रहेको स्वास्थ्य चौक्कीमा हुने साथै चैत्र महिना भरी बिदेशबाट आएका र आरटिडी टेस्ट गर्न छुटेका व्यक्तीहरुलाई सम्पर्कमा   आउन  प्रमुख दाहालले अनुरोध गरेका छन  ।

थप जानकारी आज प्रेस विज्ञप्ती मार्फत सार्वजनिक गरिने स्वास्थ्य प्रमुख दाहालले बताए  ।

तपाइँको प्रतिक्रिया ।