लकडाउनको समयलाई सृजनात्मक तथा रचनात्मक कार्यहरुमा समर्पण गरौ :प्रदिप पौडेल

लकडाउनको समयलाई सृजनात्मक तथा रचनात्मक कार्यहरुमा समर्पण गरौ :प्रदिप पौडेल

कपन अनलाइन

काठमाडौं बैशाख ५ ।

कोरोना भाइरस संक्रमण जोखिम न्यूनीकरणका लागि टोखा नगरपालिकाले के कस्ता प्रयासहरु जारी  राखेको छ? यस समबन्धमा कपन अनलाइनका विकल सापकोटाले टोखा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदिप पौडेल संग गरिएको कुराकानीमा आधारित सामाग्री यहाँ प्रस्तुत गरिएको छ :

चीनको हुवेई प्रान्तबाट सुरु भएको नोवेल कोरोना भाइरस (कोभिड–१९) हाल विश्वको अधिकांस देशहरुमा फैलिसकेको छ । नेपालमा पनि हाल सम्म १६  जनामा कोभिड–१९ को संक्रमित फेला परेकोमा १ जनामा यो निको भईसकेको छ । नेपालमा पनि कोभिड–१९ को संक्रमण स्थानिय रुपमा एक व्यक्तिको परिवारबाट आफन्तमा सरेको कारण दोस्रो चरणमा प्रवेश गरेको अवस्थामा हाल सम्म यस टोखा नगरपालिकामा कसैलाई पनि संक्रमण देखिएको छैन जुन खुशीको कुरा हो ।

तर यसो भन्दैमा हामीले सतर्कता अपनाउन छोड्नु हुदैन र हामीले संक्रमण जोखिम न्युनिकरणको लागि सक्दो प्रेयासहरु जारी राखेका छौ विश्वमा नै यसको असरको संकेत गम्भीर अवस्थाको देखिनु र छिमेकी राष्ट्रमा पनि संक्रमणको संख्या दिन प्रति दिन बढ्दै जानुका कारणले संक्रमणलाई देशमा भित्रिन तथा फैलिनबाट रोक्न लकडाउन नै उत्तम उपाय भएको हुँदा नेपाल सरकारले चैत्र ११ गते देखि लागु गरेको लकडाउन लाइ थप गरि बैशाख १५  गते सम्मलाइ लकडाउन गर्ने निर्णय गरेको छ ।

आफ्नो नगरबासीलाई  कोभिड–१९ संक्रमणबाट बचाउन र क्षति न्युनिकरणको मनसायले राज्यद्वारा अवलम्वन गरेको विधिलाई यस टोखा नगरपालिकाले पूर्ण रुपमा नगरवासीलाई पालना गर्न आव्हान गरिसकेको छ । सिमित स्रोतका बाबुजुत पनि टोखा नगरपालिका कोरोना भाइरस को जोखिम न्यूनीकरण को लागि सक्रिय भएर लागेको लागेको र छोटो अवधिमा धेरै तयारी गरेको छ ।

राज्यद्वारा निर्देशित नीति, नियम तथा मापदण्डहरुलाई लागु गरी समयमा नै स्वास्थ्यकर्मीहरुको तयारी, स्वास्थ्य संस्था व्यवस्थापन, औषधी तथा उपकरणको उपलब्धता, पि.पि.ई वितरण र जनतालाई कोभिड–१९ को संक्रमण र रोकथामबाट बच्ने उपायहरु नगरवासी माझ माइकिङ, पर्चा पम्पलेटिङ र सामाजिक संजाल मार्फत संप्रेशण गर्ने कार्यहरु भइरहेको छ ।

हालै मात्र टोखा नगरपालिका भित्र विदेश बाट आइ  क्वारेन्टाइनमा रहेका हरुको र्यापिड टेस्ट गरेको र टेस्ट गरेकाहरु मध्ये कसैको पनि रिपोर्ट पोजेटिभ आएको छैन । RDT परिक्षण गरिएका हरुको ज्वरो  मनिटरिङ गर्न नगरपालिकाले प्रत्येक दिन ज्वरो  मनिटरिङ गरि रेकर्ड गरिएको छ।

जनतालाई सेवा सुविधा उपलब्ध गराउन यस टोखा  नगरपालिकाका नगर स्तरीय बजार अनुगमन समिति निर्माण गरेको छ ।त्यस्तै वडा स्तरमा पनि वडा अध्यक्षको संयोजकत्वमा सबै पक्षलाई समावेश गरि वडा स्तरीय बजार अनुगमन समिति बनाई काम भईरहेको छ ।

नगरबासीलाई खाद्यान्नको अभाव हुन नदिन किराना, तरकारी तथा खाद्यान्न पसल निश्चित समयमा खोली सामाजिक दुरी कायम गरी व्यवस्थित तरिकाबाट विक्री वितरण गर्ने विषयमा नेपाल प्रहरीको सहयोगमा व्यापक निगरानी भइरहेका छन् ।टोखा नगरपालिका का सबै स्वास्थ्य संस्थाहरुलाई आवश्यक औषधीहरु निरन्तर उपलब्ध गराइरहेको र पर्याप्त मात्रामा औषधी संचित रहेको छ ।

विश्व स्वास्थ्य संगठनले दिएको सुझाव आपसी भेटघाट कम गर्ने, भिडभाड नगर्ने, शारीरिक निकटता कम गर्ने, सामाजिक दुरी कायम गर्ने, साबुन पानीले बारम्बार २० सेकेन्ड सम्म मिचिमिचि हात धुने, मास्कको प्रयोग गर्ने जस्ता तरिका अपनाई संक्रमण फैलिनबाट आफु र अरुलाई बचाउने उपायहरु गम्भीरतापूर्वक पालना गर्न समेत नगरपालिकाले सूचना जारी गरी लागु गरिएको छ । टोखा  नगरपालिकाले आफ्ना जनतालाई जोखिम मुक्त बनाउने उद्देश्यमा केन्द्रित रहि नगरपालिका भित्रका मुख्य मुख्य स्थानहरुमा संक्रमण फैलिन नदिन किटनाशक औषधि छर्कने काम भएको छ ।

आफुले पनि प्रशासनिक कार्य तथा खर्चमा पारदर्शितालाई ध्यानमा राखी सावधानी पूर्वक नियमित कामहरु गर्न अनुरोध गरेको छु । नगरवासीको सुरक्षाको लागि नगरपालिका अत्यन्तै संवेदनशिल रहि आएको छ ।

आवश्यक पर्ने सेवा सुविधा, राहत वडा कार्यालयहरुवाट प्रभावकारी रुपमा प्रवाह भइरहेको छ ।त्यस्तै स्वास्थ्य सेवाका लागि बाहेक अन्य समयमा घर बाहिर नजान, त्रसित नभई सावधानी अपनाउन, लकडाउन अवधिभर धैर्यता पूर्वक सरकारी आदेशको पालना गर्न र घरमा आफ्नो परिवार संग बसी सृजनात्मक तथा रचनात्मक कार्यहरुमा आफू तथा बालबालीकाहरुलाई संलग्न गराउन अनुरोध गरका छौ ।

त्यसै गरि बागमती प्रदेश सभा सदस्य दिपक निरौला र नगर प्रमुख प्रकाश अधिकारी सहितको  सक्रियतामा बिभिन्न चरणका बैठक बसी सामाजिक संजाल तथा बैठकहरु मार्फत कोरोना विरुद्धको लडाईमा एक्यबद्ध हुन नगरपालिकाले आग्रह गर्दै आईरहेको छ ।

त्यस्तै टोखा नगरपालिका भित्र कोरोना नियन्त्रण तथा रोकथामका लागि नगरपालिका स्तरीय मेडिकल टिम गठन गठन गरिएको छ। जसमा टोखा प्राथमिक स्वास्थ्य केन्द्रका मेडिकल अफिसरको नेतृत्व एक जना प्यारामेडिक्स र एक जना नर्सिङ स्वास्थ्यकर्मी गरि तीन सदस्यीय टोलि गठन गरिएको छ । त्यस्तै टोखा नगरपालिकाको  ४  स्थानमा ३८ बेडको  क्वारेन्टाइन निर्माण गरिएको  निरन्तर रुपमा र्यापिड रेस्पोन्स टिम संग सम्पर्क गरि बिभिन्न चरणमा  बैठक  गरिएको छ । बिभिन्न स्थानमा हात धुने व्यवस्था गरिएको छ ।

लकडाउनका कारणले श्रमिक, विपन्न वर्ग, अपाङ्ग, तथा गरिव परिवारलाई दैनिक गुजारा चलाउन मुस्किल परिरहेको अवस्थालाई ध्यानमा राखी नगरले नेपाल सरकारको नीतिमा रहेर वडा अध्यक्ष ज्यूहरुको अध्यक्षतामा सर्वदलिय राहत वितरण समिति गठन गरी राहत खाद्यान्न वडा स्तरमा वितरण भएको छ, र छुटेका हरुलाई पनि नगरपालिकाले बिभिन्न चरणमा राहत वितरण गर्नको लागि तयारी सुरु गरिसकेको छ । वडा नं १ देखि ११ नं सम्मकै वडामा  प्रत्येक  वडालाई वडा समन्वय समिति र सर्व पक्षीय बैठक बाट   वडा नं १ मा ७ लाख   र अन्य  वडालाई  १० लाख बजेट निकासा गरिएको छ।

पहिलो फेजमा ७४५५ परिवारलाई राहत वितरणको लागि चियाँ गरिएकोमा चैत्र २७ गते सम्ममा ३ हजार परिवारलाई राहत वितरण गरिएको छ। प्रदेश सरकार बाट प्राप्त १२ लाख राहत कोषमा जम्मा गरि परिचालन गर्ने निर्णय भएको छ । टोखा नगरपालिकामा हेल्थ डेस्क संचालन गरिएको छ  स्वयं सेवक परिचालन गरिएको छ ।

नगरपालिकाले कोरोना विरुद्धको लडाईलाई जित्न कुनै कसर बाकी नराखी राजनैतिक दल, समाजसेवी, जनप्रतिनिधि एवं सम्पूर्ण आम नागरिकलाई एक्यबद्धता गरी जिम्मेवारी पूर्वक कामहरु गर्दै आईरहेको छ ।बिषय बिज्ञ संग परामर्श लगायतको कार्य गर्दै आएको छ ।अवका दिनहरुमा पनि यस संक्रमणबाट टोखा नगरवासी कोहि पनि हताहत हुन नपरोस भनि समय सापेक्ष कार्यक्रम र स्वास्थ्य सेवा संचालन गर्न नगरपालिका कटिबद्ध रहेको छ ।

 

तपाइँको प्रतिक्रिया ।